भरतपुरमा पुनः मतदानको निर्णय अस्वीकार गर्दै एमालेसहित चार दलले आन्दोलन गर्ने घोषणा, संयुक्तरुपमा निस्कियो यस्तो बिज्ञप्ति
चितवन – सर्वाधिक सबैको चासोको बिषयमा रहेको भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई चितवनका चार दलले अस्वीकार गर्ने बताएका छन्। आज निर्वाचन आयोगले पुनः मतदान गराउने गरेको निर्णय आउने बित्तिकै सामाजिक संजालमा निर्वाचन आयोग बिरुद्ध धेरैले बिरोध पनि जानाएका छन् । आज चितवनमा एमालेसहित माले, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपालका जिल्ला स्तरका नेताहरुको हस्ताक्षरसहित जारी विज्ञप्तिमा आयोगको निर्णयलाई गैरकानुनी भन्दै यसविरुद्ध सबै कानुनी उपायहरु अवलम्बन गर्नुको साथै शान्तिपूर्ण आन्दोलनका सबै रुपमहरु अवलम्बन गर्ने जनाइएको छ।
बिज्ञप्तिमा भनिएको छ भरतपुर महानगरपालिका वडा न. १९ को मतगणना भैरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार पराजय हुने निश्चित भएपश्चात माओबादी केन्द्रका प्रमुख पदका उम्मेदवार मतदान प्रतिनिधि वाइसिएलका अध्यक्ष मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी समेत ब्याक्तिहरु मतगणना क्षेत्रमा प्रबेश गरि मतपत्र च्यात्ने कर्यक भएपश्चात मतगणना कार्य रोकिएकोमा निर्वाचन आयोगले अपराधीहरुको मागबमोजिम जनअभिमत विपरित पुनः मतदान गराउने निर्णय गर्नु विधिको शासन र लोकतान्त्रिक मुल्य मान्यता माथिको नाङ्गो हस्तक्षेप् हो ।
हार्नेहरुले मतपत्र च्यातेर पुन: मतदान गराउन पाउने सिद्दान्तलाइ स्थापित गरि निर्वाचन प्रणालीप्रति नै अनास्था जगाई अन्तत सर्वसत्तावाद र निरंकुसता निम्त्याउने माओवादी केन्द्रकी योजनालाई सफल बनाउने कार्यको मतियार निर्वाचन आयोग बन्न पुगेको छ निर्वाचन आयोगको यो निर्णयको हामी अस्विकार गर्दै घोर भर्तसना र निन्दा गर्दछौ ।
निर्वाचन आयोगको यो गैरकानुनीअलोकतान्त्रिक निर्णयका बिरुद्धमा सबै कानुनि उपायहरु अवलम्बन गर्नुको साथै शान्तिपूर्ण आन्दोलनका सबै रुपहरु अबलम्बन गरिने छ र न्यायेपूर्ण जनताको साथ हामीलाइ हिजो भन्दा अझ प्रगाढ रुपमा प्राप्त हुने छ भन्ने बिश्वास लिएका छौ ।
चार दलले निकालेको विज्ञप्ति तल हेर्नुहोस