भिटामिन हाम्रा शरीरका लागि महत्वपूर्ण हुन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्न भिटामिनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै शरीरले सही तरिकाले काम गर्न पनि भिटामिनले मद्दत गर्छ ।
शरीरका प्रत्येक भागले काम गर्नका लागि अलग–अलग किसिमका भिटामिनको जरुरत पर्छ । यी भिटामिन हामीलाई सन्तुलित आहारबाट प्राप्त हुन्छ । तर कैयौं पटक सन्तुलित आहार नलिँदा शरीरमा भिटामिनको कमी हुन जान्छ । जसको असर शरीरका अलग–अलग भागमा पर्न जान्छ । यसकारण शरीरमा भिटामिनको कमी भएको जान्नु जरुरी हुन्छ ।
तर सबैभन्दा ठूलो कुरा त यो हो कि डाक्टरकहाँ नगइ कसरी थाहा पाउने कि आफ्नो शरीरमा कुन भिटामिनको कमी छ भनेर ? यो आलेखमा केही लक्षणबारे उल्लेख गरिएको छ । जसलाई सजिलै थाहा पाउन सकिन्छ कि तपाईको शरीरमा कुन भिटामिनको कमी छ भनेर ।
खुट्टाका मांसपेशी दुख्नु
क्याल्सियम र पोटासियमको कमीका कारण खुट्टाका मांसपेशी दुख्न थाल्छ । खुट्टाको तल्लो भाग र घुँडा दुख्ने समस्या पनि क्याल्सियमकै कारणले हुन्छ । यसकारण क्याल्सियम र पोटाशियमको कमीलाई पूर्ति गर्न केरा, बादाम, स्याउ, फर्सी र हरियो तरकारी खाने गर्नुहोस् ।
ओठ फाट्नु
ओठ फाट्नु एक आम समस्या हो । धेरैले यसलाई सामान्य रुपमा लिन्छन् । तर ओठ फाट्नु पनि भिटामिनको कमी हुनुको लक्षण हो । शरीरमा पानीको कमी या आयरन, जिंक र विटामिन बी–१२ को कमीका कारण ओठ फाट्छ । यसकारण यदि तपाईको ओठको किनार फाट्न लागेका छन् भने आफ्नो आहारमा अण्डा, भेडे खुर्सानी, पत्ता गोभी, पिनट्स (बदाम) र दाल सामिल गर्नुहोस् ।
टाउको दुख्नु र थहान महशुष हुनु
लगातार टाउको दुख्नु र थकान महशुष हुनु भिटामिन बी र मैग्निशियमको कमीको लक्षण हो । यसकारण यदि तपाईको टाउको दुख्ने, थकान र भोक नलाग्ने छ भने दैनिक एक केरा खानुहोस् । साथै आफ्नो आहारमा पालुङ्गो, बादाम र मटर सामिल गर्नुहोस् ।
कपाल झर्नु
कपाल झर्ने समस्यालाई कतिपयले आफूले प्रयोग गर्ने श्याम्पु तथा सावुनसँग जोडेर हेर्ने गर्छन् । यो पनि एक कारण हुन जान्छ । तर प्रमुख कारण भने अर्कै छ । यदि तपाईको शरीरमा प्रोटिनको कमी छ भने कपाल झर्ने समस्या उत्पन्न हुन्छ । प्रोटिनका साथै शरीरमा भिटामिन बी–६, जिंकको कमीका कारण कपाल फुस्रो हुने र झर्ने समस्या हुन्छ । यस्तो कमीलाई पूर्ति गर्न अण्डा, दाल, बदाम, चना, पिनट्स और फर्सीको बीज खाने गर्नुहोस् ।
अचानक तौल घट्नु
यदि अचानक तपाईको तौल घट्न थाल्यो भने सम्झनुहोस् तपाईको शरीरमा भिटामिन डीको कमी भएको छ । यो कमीको पूर्ति गर्न माछा, चीज, अणडा र च्याउ खाने गर्नुहोस् । साथै विहानै उठेर घाम ताप्ने गर्नाले पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ ।