पछिल्लो समय बिबिसीको कार्यक्रम साझा सवालमा प्रधानमन्त्रीको विचारलाई लिएर चर्को आलोचना भैरहेको बेला चलचित्र निर्देशक जनक खड्काले भने साझा सवालमा गरिएका केही प्रश्नहरु नै गलत भएको विचार ब्यक्त गरेका छन् ।
कार्यक्रमको पुर्वतयारीमा प्रश्नकर्तालाई जुन जुन बिषयमा प्रश्न गर्न लगाईयो केही प्रश्न गलत छन् जस्को सोझो उत्तर दिएकोमा विरोध भएको हो, यसबाट देऊवाको पार्दर्शिता झल्कन्छ, झुट बोल्दैनन् भन्ने देखिन्छ ।
केहि समय अघी केपी वलीको पनि हावा गफ भन्दै बिरोध भएको थियो तर केही योजनाहरुबाट दुरदर्शिता झल्कन्थ्यो केही योजनाहरु अनाआवश्यक पनि थिए जस्तो कि हावाबाट विजुली, प्रशस्त जलश्रोत भएर पनि पानीबाट विजुली निकाल्न बजेट नपुग्ने देशमा हावाबाट बिजुली महंगो थियो ।
त्यस्तै तत्कालिन प्रचण्ड सरकारले आर्थिक वृद्धीदर ऊच्च गराएको श्रेय पायो । वास्तवमा भुकम्पपछी पुनर्निर्माणमा भएको राष्ट्रिय एकता र सहयोगको प्रतिफल हो ।
पछिल्लो राजनैतिक घटनाक्रमलाई नियाल्दा केहि स्थानमा विजयी मेयरद्वारा वृद्धाभत्ता बढाईयो ।वृद्धाभत्ता बढाऊनु आवश्यकिता भएता पनि यसरी एऊटा नगरपालिकामा मात्र गर्नु राम्रो हैन, कम्तिमा एऊटा प्रान्तमा एकरुपता हुनुपर्थ्यो यसरी नगरपालिका र गाऊपालिका छुट्टीदै जाने हो भने बाईसे र चौविसे राज्यजस्तै भएन र ? जनक खड्काले विचार व्यत्त गरे ।
देऊवालाई साझा सवालमा जुन जुन प्रश्नहरु गरीयो , ति प्राय सुन्योजीत तवरबाट तयार गरीएको झै लाग्थ्यो हुनत साझा सवालमा सहभागीलाई पारिश्रमीक दिएर प्रश्न गर्न लगाईन्छ भनेर पनि भनिन्छ तर जसरि प्रश्न गरियो, यदि शेर बहादुर देउवाको ठाउँमा अन्य पार्टीका प्रधान मन्त्री थिए भने त्यहि प्रश्न गर्थे होला त ?
पहिलो प्रश्न सिंगापुरका प्रधान मन्त्रीले ढुंगालाई हिरा बनाए रे तर नेपालका प्रधान मन्त्री शेर बहादुरले चाहि हिरालाई ढुंगा बनाए भनेर , यो प्रधानमन्त्री हुने वित्तीकै सम्भव छैन यसको दोश त पुर्व प्रधानमन्त्री र मन्त्रीहरुलाई जान्छ ।
अर्को प्रश्न दलित र महिला किन प्रधानमन्त्री भएनन् या कहिले हुन्छन् , यो प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै हैन या प्र.म.ले दिने ऊत्तर नै हुदैन किनकि प्र.म. बनाऊन देऊवाको हातमा वा कार्यवाहक प्र.म.को हातमा मात्र त हुन्न नी , अर्को प्रश्न बेलायतमा अक्सफोर्ड बिद्यालयबाट पढेका मात्र प्रधानमन्त्री हुन्छन् नेपालमा किन भएनन् ?
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए.गर्नुभएका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् यसर्थ देऊवा अन्य नेपाली नेताहरुका तुलनामा पढलेखेका नै प्र.म. हुन् ।खड्काले बताए ।
यदि अविश्वास गर्ने हो भने पनि संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत पाएर निर्वाचित देऊवालाई भोट हाल्ने संसदको विवेकमाथी पनि अविश्वास खडा हुन्छ र संसदलाई मतदान गर्ने लाखौं जनतामाथी पनि खड्का थप्छन् ।
वि.सं. २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।वि. सं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम)को अवधारणा ल्याएका थिए ।
त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
के यी राम्रा काम होईनन् र ? त्यस्तै अर्को प्रश्न थियो शुशिला कार्की महाअभियोग प्रकरणको । सम्मानित सर्बोच्च अदालतले खारेज गरेको बिषयमा बोल्न प्र.म.को आवस्यक्ता थिएन तर त्यो केशमा पनि कार्यपालिका माथि न्यायपालिकाको हस्ताछेप भने थियो किनकि शान्तिशुरछ्या नभए सरकारलाई गाली गर्ने हो अदालतलाई होईन त्यसैले सरकार विरुद्ध लागेर आफु अनुकुल न्यायधिसलाई मात्र जिम्मेवारी दिने प्रधानन्यायधिस बिरुद्ध महाअभियोग लगाऊनु नौलो कुरा थिएन ।
मन नपर्ने मान्छेको सास नै गन्हाऊछ भनेझै देऊवाको पहिलेका केही नकारात्मक कार्यले गर्दा त्यस्तो लागेको मात्र हो ? करिब नौ बर्ष जेल जीवन बिताई,अनबरत देश र जनहितमा क्रीयासिल,तानाशाही पन्चायति सरकारले जिब्रो समेत काटिदिएको जो चाप्लुसी र चिप्ला कुरा गर्दैनन सिधा कुरा प्रष्ट राख्दछ्न।
वाक स्वतन्त्रताका अनुयायी समेत रहेका देऊवाले जनताको बोल्ने हक खोज्दा जिब्रो गुमाए तर हामीले ऊनलाईनै बोल्न नजान्ने भन्नु मुर्खता मात्र हो । तर सम्माननीय प्रधानमन्त्रीले हॉसेर जनताको प्रश्नको ऊत्तर दिन नसक्नु एऊटा कमजोरी हो । खड्काले भने ।
राजनैतिक रुपमा स्वतन्त्र देखीएका खड्का पत्रकारीता र कलाकारीता र सामाजीक काममा सकृय छन भने ऊनी निर्देशेती दोश्रो चलचित्र । फिक्का पोष्ट प्रोडक्सनको तयारीमा छ ।