कहिले काहिँ देखेको सबै सत्य हुन्छन् भन्ने हुदैन र सोचेको कुरा पनि कहिलेकाहिँ गलत हुदो रहेछन् | बाहिरबाट हेरेर मात्र मान्छेलाई मूल्यांकन गर्न गाह्रो पर्छ ताकी हामी मानव जाति हौँ स्वभाबैले अर्को कुनै व्यक्तिको हाउभाउ बाट उसको बारे सोच्ने गरिन्छ उसको कपडा,कामबाट उसको मूल्यांकन गर्ने गरिन्छ तर कहिलेकाहिँ भने जुन कुरा हामीले सोचिन्छ त्यो कुरा नितान्तै फरक हुन गैदिन्छ त्यस्तै भयो प्रदिप जंग अधिकारीलाई पनि
विहानै तनावग्रस्त मनस्थितिमा बानेश्वरम बाट बाइक मा हुइकी रहेको म अनि मेरो गन्तव्य हिन हकाइ घुम्दा घुम्दा न्युरोड पिपल बोटमा टक्क रोकियो।मनमा अनगिन्ती आफै प्रती रिस उठिरहेको अवस्था । पिपल को बोट मुनि नै वाईक रोके सोचे तनाव छ। चुरोट खान को कोसिस गरौ कि । जिन्दगीमा पहिले पटक ?? फेरि सोचे छ्या साला त्यो धुवा घाटीमा पुग्दा कस्तो गनाउला । सोचाई पनि ठिक नै थियो किनकी चुरोट खान्छु भन्ने सोचाई जो २५ वर्षमा पहिलो पटक आहि रहेको थियो। होस खान्न । सोचे,
घडी हेरे मुस्किले ८:३० भएछ। तेत्रो राउन्ड घुम्दा पनि ?
मनको तनाव दिमागमै हावी थियो ।
हया मु* तनाव यत्रो पनि लन्न मनले सोचिरहेको छ।
पिपल बोट को मुनि थुप्रै जुत्ता वाला हरु सानो बाकस मा जुत्ता को सोल तुना बुरुस पोलिस राखिएको बाकस निलो प्लास्टिकले छोपेर राखिएको थियो । साएद उनी हरु आउने समय हुँदै थियो । यसो हेरेको तेत्रो जुत्ता बनाउने मध्ये एउटा खुलीरहेको रहेछ।
के गरेर बसुम म ? होस् जुत्ता पोलिस गर्छु
करिब ४३ वर्षको मान्छे खुट्टा र घाँटी मा ढाढिएको कालो मयल ! सोच्नै नसकिने !
मुखमा पान हाल्दै साथी सङ बोली रहेको थियो । मैले सोधे
दाइ जुत्ता नयाँ बनाईदिनु पर्यो ।
उसले भन्यो :- भै हाल्छ नि भाइ एक पटक ब्रुस हाने पछि नयाँ।
त्यतिकैमा सुकिलो कपडा लगाएका बुढा र बुढी त्यै जुत्ता बनाउने मा आइ पुगे।
मैले भने:- दाइ पहिले म आएको पहिला मेरो नि हाई।
उ हास्यो :- हा हा हा हा
उसको हासो बुझे, म चुप लागे सोचे मेरो नै पोलिस गर्ला पहिला ।
त्यो जुत्तावाला मान्छे अर्को सुकोलो कपडा वाला सङ चड्कियो ३० आना जग्गा भनेर १२ आना जग्गामा झन्नै फसाउने ३ करोड पैसा जाबो १२ आना जग्गा मा हाल्न सक्दिन म ।
मैले सोचो यो मु* बौला सङ पो पोलिस गर्न आएछु म। आजको दिन नै खराब ।
सुकिला कपडा वाला बोल्यो के भयो त दाइ १२ आना जग्गा पछाडी को प्रती जग्गा मिच्न पैहालिन्छ । १२ आना मात्र किन्नुस न त । किन ३० आना नै किन्नु पर्यो त।
उस्ले भन्यो हामि एक छिन मा बसेर सल्लाह गर्छु। एक छिन म ब्यस्त भए त्यतिकै मा उनी हरु गए ।
मलाई उकुसमुकुस भएर आयो । सोधी हाले।
तपाईं त खत्रै हो कि के हो ? कहाँ को जग्गा दाइ उस्ले फर्कायो :- यहि थानकोट को पेट्रोलपम्प को जग्गा लिन लागेको
मन ले सोच्यो :- तेस्कि मा कि आख ..
मुखले बोल्यो :- दाइ के यो पैसा जुत्ता पोलिस गरेरै कमाउनु भयो ।
उस्ले बोल्यो :- हो भाइ मैले जुत्ता पोलिस गरेको २०५२ साल देखि । घर पनि यहि हो निउरोड दमाईटोल ।
मैले दिहाले :- घर त मेरो पनि काठमाडौ नै हो नि दाई तर घर यहीँ भएर तपाईं लाई आर्को ले लगाएको जुत्ता पालिस गर्दा लाज लागेन ?
उस्ले भन्यो :- मेरो छोरा अस्ट्रेलिया को मेलवन सिटि मा पढ्दै छ। उसलाई पनि मेरो काम देखि समस्या छैन मेरो आफ्नै कपडा दोकान छ। तर म यहि बस्छु उता काम गर्ने स्टाफ छन्।
मन ले दि हाल्यो फेरि :- थुईक्क बुढा तेरो जिन्दगि तर मुखले चाहि हल्का मुस्कुराहे ।
उस्ले केही नसोधी बोल्यो:- मेरो छोरो ले दिनको एक पटक फोन गर्छ। मेसेन्जरमा अनि भन्छ। आज जुत्ता को पोलिस सिलाइ कति भयो बुवा ।
यो सोध्नु को पछाडि तपाई जस्ता ग्राहक का लाखौं को जुत्ता सिलाएर उ त्यहा पुगेको हो । मलाइ यस्मै गर्व लाग्छ।
हुन त भन्ने ले सार्कि काम भन्लान म सङ ३ करोड पैसा सुरक्षित छ अहिले । अलि कति कमाए रामकोट मा जग्गा किने त्यहा ह्वाइट गुम्बा बन्यो मेरो ३ रोपनि ४ आना जग्गा ४ करोड मा बेचे। अब मेरो थानकोट मा पेट्रोलपम्प भएको जग्गा किन्दै छु। हल्का जग्गा लफाडा मिलाएर ।
त्यतिकै मा मेरो जुत्ता सर्लक देखियो।
ल भाइ भयो ।
मैले भने :- कति भयो दाइ
उस्ले भन्यो:- जम्मा १०० रुपैया भयो भाई।
पर्स हेरे सबै ठूलो नोट बाहेर ५० र १० रुपैयाको खुल्ला थियो।
मैले भने यहि ६० मा मिलाउनुस न
उस्ले भन्यो :- भाइ म त्यति दिलदार भएको भए म आज मात्र जुत्ता पोलिस गर्थे न मेरो छोरो अस्ट्रेलिया हुन्थियो । न म सङ दोकान हुन्थियो न ३ करोड पैसा
दिनुस १००० कै साटेर ल्याइदिन्छु।
त्यस्ले पैसा साटेर ल्याने बेला सम्म सोचे ।
साला गरिब त म पो रैछु।
जाबो वाईक हाकेर केहि हजार पर्समा हाल्दै मा ठूलो हुने सोचलाई अनि तनावग्रस्त दिमागलाई त्यो जुत्ता वाला करोडपतिले के सहि मार्गदर्शन दियो कि भन्दा । काम मा लाज हैन लगनशीलता चाहिने रैछ। अनि कसै प्रती दिलदार हैन आफू बाच्ने आधार खोज्नु पर्ने रैछकहिले काहिँ देखेको सबै सत्य हुन्छन् भन्ने हुदैन र सोचेको कुरा पनि कहिलेकाहिँ गलत हुदो रहेछन् | बाहिरबाट हेरेर मात्र मान्छेलाई मूल्यांकन गर्न गाह्रो पर्छ ताकी हामी मानव जाति हौँ स्वभाबैले अर्को कुनै व्यक्तिको हाउभाउ बाट उसको बारे सोच्ने गरिन्छ उसको कपडा,कामबाट उसको मूल्यांकन गर्ने गरिन्छ तर कहिलेकाहिँ भने जुन कुरा हामीले सोचिन्छ त्यो कुरा नितान्तै फरक हुन गैदिन्छ त्यस्तै भयो प्रदिप जंग अधिकारीलाई पनि विहानै तनावग्रस्त मनस्थितिमा बानेश्वरम बाट बाइक मा हुइकी रहेको म अनि मेरो गन्तव्य हिन हकाइ घुम्दा घुम्दा न्युरोड पिपल बोटमा टक्क रोकियो।मनमा अनगिन्ती आफै प्रती रिस उठिरहेको अवस्था । पिपल को बोट मुनि नै वाईक रोके सोचे तनाव छ। चुरोट खान को कोसिस गरौ कि । जिन्दगीमा पहिले पटक ?? फेरि सोचे छ्या साला त्यो धुवा घाटीमा पुग्दा कस्तो गनाउला । सोचाई पनि ठिक नै थियो किनकी चुरोट खान्छु भन्ने सोचाई जो २५ वर्षमा पहिलो पटक आहि रहेको थियो। होस खान्न । सोचे, घडी हेरे मुस्किले ८:३० भएछ। तेत्रो राउन्ड घुम्दा पनि ? मनको तनाव दिमागमै हावी थियो । हया मु* तनाव यत्रो पनि लन्न मनले सोचिरहेको छ। पिपल बोट को मुनि थुप्रै जुत्ता वाला हरु सानो बाकस मा जुत्ता को सोल तुना बुरुस पोलिस राखिएको बाकस निलो प्लास्टिकले छोपेर राखिएको थियो । साएद उनी हरु आउने समय हुँदै थियो । यसो हेरेको तेत्रो जुत्ता बनाउने मध्ये एउटा खुलीरहेको रहेछ। के गरेर बसुम म ? होस् जुत्ता पोलिस गर्छु करिब ४३ वर्षको मान्छे खुट्टा र घाँटी मा ढाढिएको कालो मयल ! सोच्नै नसकिने ! मुखमा पान हाल्दै साथी सङ बोली रहेको थियो । मैले सोधे दाइ जुत्ता नयाँ बनाईदिनु पर्यो । उसले भन्यो :- भै हाल्छ नि भाइ एक पटक ब्रुस हाने पछि नयाँ। त्यतिकैमा सुकिलो कपडा लगाएका बुढा र बुढी त्यै जुत्ता बनाउने मा आइ पुगे। मैले भने:- दाइ पहिले म आएको पहिला मेरो नि हाई। उ हास्यो :- हा हा हा हा उसको हासो बुझे, म चुप लागे सोचे मेरो नै पोलिस गर्ला पहिला । त्यो जुत्तावाला मान्छे अर्को सुकोलो कपडा वाला सङ चड्कियो ३० आना जग्गा भनेर १२ आना जग्गामा झन्नै फसाउने ३ करोड पैसा जाबो १२ आना जग्गा मा हाल्न सक्दिन म । मैले सोचो यो मु* बौला सङ पो पोलिस गर्न आएछु म। आजको दिन नै खराब । सुकिला कपडा वाला बोल्यो के भयो त दाइ १२ आना जग्गा पछाडी को प्रती जग्गा मिच्न पैहालिन्छ । १२ आना मात्र किन्नुस न त । किन ३० आना नै किन्नु पर्यो त। उस्ले भन्यो हामि एक छिन मा बसेर सल्लाह गर्छु। एक छिन म ब्यस्त भए त्यतिकै मा उनी हरु गए । मलाई उकुसमुकुस भएर आयो । सोधी हाले। तपाईं त खत्रै हो कि के हो ? कहाँ को जग्गा दाइ उस्ले फर्कायो :- यहि थानकोट को पेट्रोलपम्प को जग्गा लिन लागेको मन ले सोच्यो :- तेस्कि मा कि आख .. मुखले बोल्यो :- दाइ के यो पैसा जुत्ता पोलिस गरेरै कमाउनु भयो । उस्ले बोल्यो :- हो भाइ मैले जुत्ता पोलिस गरेको २०५२ साल देखि । घर पनि यहि हो निउरोड दमाईटोल । मैले दिहाले :- घर त मेरो पनि काठमाडौ नै हो नि दाई तर घर यहीँ भएर तपाईं लाई आर्को ले लगाएको जुत्ता पालिस गर्दा लाज लागेन ? उस्ले भन्यो :- मेरो छोरा अस्ट्रेलिया को मेलवन सिटि मा पढ्दै छ। उसलाई पनि मेरो काम देखि समस्या छैन मेरो आफ्नै कपडा दोकान छ। तर म यहि बस्छु उता काम गर्ने स्टाफ छन्। मन ले दि हाल्यो फेरि :- थुईक्क बुढा तेरो जिन्दगि तर मुखले चाहि हल्का मुस्कुराहे । उस्ले केही नसोधी बोल्यो:- मेरो छोरो ले दिनको एक पटक फोन गर्छ। मेसेन्जरमा अनि भन्छ। आज जुत्ता को पोलिस सिलाइ कति भयो बुवा । यो सोध्नु को पछाडि तपाई जस्ता ग्राहक का लाखौं को जुत्ता सिलाएर उ त्यहा पुगेको हो । मलाइ यस्मै गर्व लाग्छ। हुन त भन्ने ले सार्कि काम भन्लान म सङ ३ करोड पैसा सुरक्षित छ अहिले । अलि कति कमाए रामकोट मा जग्गा किने त्यहा ह्वाइट गुम्बा बन्यो मेरो ३ रोपनि ४ आना जग्गा ४ करोड मा बेचे। अब मेरो थानकोट मा पेट्रोलपम्प भएको जग्गा किन्दै छु। हल्का जग्गा लफाडा मिलाएर । त्यतिकै मा मेरो जुत्ता सर्लक देखियो। ल भाइ भयो । मैले भने :- कति भयो दाइ उस्ले भन्यो:- जम्मा १०० रुपैया भयो भाई। पर्स हेरे सबै ठूलो नोट बाहेर ५० र १० रुपैयाको खुल्ला थियो। मैले भने यहि ६० मा मिलाउनुस न उस्ले भन्यो :- भाइ म त्यति दिलदार भएको भए म आज मात्र जुत्ता पोलिस गर्थे न मेरो छोरो अस्ट्रेलिया हुन्थियो । न म सङ दोकान हुन्थियो न ३ करोड पैसा दिनुस १००० कै साटेर ल्याइदिन्छु। त्यस्ले पैसा साटेर ल्याने बेला सम्म सोचे । साला गरिब त म पो रैछु। जाबो वाईक हाकेर केहि हजार पर्समा हाल्दै मा ठूलो हुने सोचलाई अनि तनावग्रस्त दिमागलाई त्यो जुत्ता वाला करोडपतिले के सहि मार्गदर्शन दियो कि भन्दा । काम मा लाज हैन लगनशीलता चाहिने रैछ। अनि कसै प्रती दिलदार हैन आफू बाच्ने आधार खोज्नु पर्ने रैछ