काठमाडौं, जेठ १५– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा भएको घटनाबारे प्रतिक्रिया दिएका छन् ।
उनले भरतपुरमा भएको घटना लोकतन्त्रमाथिको अराजकता र प्रक्रियामाथिको षड्यन्त्र भएको दाबी गर्दै मतगणना रोकिएको स्थानबाट सुरु हुनेपर्ने बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका बडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग गरिरहेको बेला ओलीले कुनै पनि हालतमा पुन निर्वाचन हुन नसक्ने बताएका हुन् ।
‘चितवनमा जे भयो त्यो लोकतन्त्रमाथिको अराजकता हो । विधि र प्रक्रियामाथिको षड्यन्त्र हो ’, सोमबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले भने, ‘ पुनः निर्वाचन कुनै पनि हालतमा एमालेले स्वीर्कादैन । यदी जबर्जस्ती गर्न खोजे त्यसको असर अन्यत्र पनि पर्छ ।’