काठमाडौं महानगरमा सपथ कार्यक्रम : मेयर र उपमेयरले नेवारी भाषामा लिए सथप
काठमाडौं, १७ जेठ । काठमाडौं महानरपालिकाको नवनिर्वाचित मेयर र उपमेयरले आज पद तथा गोपनियताको सपथ खाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत मेयरमा निर्वाचित विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए । उनीहरु दुबैले नेवारी भाषामा सपथ खाएका थिए । शाक्य एमालेबाट मेयरमा निर्वाचित भएका हुन् भने खड्की नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी हुन् । यस्तै काठमाडौं महानगरका ३२ ओटै बडा अध्यक्षले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।
मेयरको सपथ लिएपछि विद्यासुन्दरले के के भने ?
सपथग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शाक्यले भने । निर्वाचन भएर देशले नै जितेको । माला लगाउने मात्रै जितेको होइन । धेरै अन्योलताका बीच पनि चुनाव भयो त्यो ठूलो कुरा हो । चुनाव हुनु नै दलहरुको जीत भएको छ । जनताहरु चुनावका लागि राजनीतिक दल भन्दा पनि अग्रसर थिए ।
सबैलाई सँगसँगै मिलाएर लैजान्छु । पराजितहरु कसैप्रति आग्रह पूर्वाग्रह राख्ने छैन । रञ्जु दर्शनालगायत सबैलाई मिलाएर लैजान्छु । महानगरपापलिकालाई ध्वच्छ, सुन्दर र समृद्ध बनाउँछु । सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो । आजै शाक्यले काठमाडौं महानगरपालिका कार्यालयमा गएर पदभार गर्ने कार्यक्रम रहेको छ ।