काठमाडौं, १५ जेठ । मतपत्र च्यातिएको तर ननासिएका कारण भरतपुर महानगरपालिकाको पुनः मतगणना गर्नुपर्ने कानुनविदहरु बताउँछन् । अधिवक्ता बाबुराम दाहालले कानुन अनुसार भरतपुर महानगरमा पुनः मतदान हुनै नसक्ने भएकाले मतगणना तुरुन्त सुरु हुनुपर्ने बताएका छन् ।
अधिवक्ता दाहालले भने– स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९. मतगणना पूरा हुनु अघि मतपत्र नोक्सान भएमा (१) मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
२) उपदफा (१) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्नेछ ।
अतः मतपत्र च्यातिएको मात्र हो मतपत्र नासिएको छैन अतः तु गणना हुनुपर्छ । कुनै हालतमा पुनः मतदान हुन सक्दैन, अधिवक्ता दाहालले भने ।