यसकारण अब शेर बहादुर देउवा होईन, रामचन्द्र पौडेल प्रधानमन्त्री !

काठमाडौं । प्रचण्डले राजीनामा खल्तीमा बोकेर हिड्दै गर्दा अब अहिलेकै सत्ता गठबन्धनको दल कांग्रेसबाट प्रधानमन्त्री बन्ने लगभग सुनिश्चित छ । यस्तो अवस्थामा संसदीय दलको नेता र पार्टी सभापति भएको नाताले पनि शेरबहादुर देउवा अबका प्रधानमन्त्रीका प्रमुख दाबेदार र पात्र हुन् । तर, कांग्रेसका नेता कार्यकर्ताहरुले अब रामचन्द्र पौडेल प्रधानमन्त्री भन्दै अभियान चलाएका छन् ।
पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुँदा कांग्रेस सहरी र बजार क्षेत्रमा एमालेसँग पराजित भएको छ । त्यसैले अब पार्टीलाई दोस्रो चरणको निर्वाचनमा सभापतिले दोहोरो अर्थात् सभापति र प्रधानमन्त्री पद ओगट्न नहुने भन्दै कांग्रेसमा बहस आरम्भ भएको छ । दुवै पद ओगट्दा प्रभावकारी भूमिका खेल्न नसकिने भन्दै देउवा सभापतिकै रुपमा पार्टी चलाउने र निर्वाचनमा पार्टीलाई ठूलो बनाउन लाग्नुपर्ने र पौडेललाई सरकारको नेतृत्व गरेर पठाउनुपर्ने विषयमा बहस आरम्भ भएको छ ।
कांग्रेसका नेता, कार्यकर्ता र हितैषीले यो विषयलाई उठाउँदै आएका छन् । तर, पार्टीमा बहस बनिसकेको छैन । पौडेल स्वयंले मुख खोल्न सकेका छैनन् । तर, पार्टीभित्र जनमत बनोस् भन्ने चाहनामा पौडेल छन् ।सोमबार पौडेल पक्षको छुट्टै भेलामा नेताहरुले तत्काल सरकार परिवर्तन गर्न नहुने अडान राखेको पनि तत्काललाई रोक्न सकिए निर्वाचनपछि देउवा पछि हटेर आफूलाई अघि बढाउँन सक्छन् की भन्ने विश्वास पनि पौडेल पक्षमा देखिन्छ ।
अब स्थानीय तहको निर्वाचनपछि आगामी मंसिरसम्म प्रदेश र संसदको निर्वाचन गर्नैपर्ने अवस्था छ । यस्तोमा पौडेलले अहिले आफूलाई सहयोग भए पछि देउवालाई सहयोग गर्ने मनस्थिति बनाएका छन् । यो विषय देउवाका लागि उधारो हुन्छ । संसदको निर्वाचनमा ठूलो दल भएमात्र सरकार बनाउन पाइने भएकोले सत्ताका खेलाडी देउवाले पौडेलको यो आकांक्षालाई पूरा गर्न सक्ने अवस्था भने देखिंदैन । देउवा तीनपटक प्रधानमन्त्री तर, पौडेल अहिलेसम्म प्रधानमन्त्री बन्न सकेका छैनन् । यसकारण पनि जसरी पनि एकपटक प्रधानमन्त्री बनेरै छाड्ने दाउमा पौडेल छन् । यस अघि १७ पटकसम्म पनि प्रधानमन्त्रीको दौडमा आफूलाई अघि सार्दासमेत बनाउन नसकेको भन्दै प्रधानमन्त्री हुने अवस्थामा भने आफूलाई दिन नखोजेको भन्दै पौडेल असन्तुष्ट रहँदै आएका छन् । दलहरुलाई मिलाएर अघि बढाउन सक्ने र समझदार नेताको छवि भएकोले पनि पौडेलले सरकारको नेतृत्व दाबी गर्दै आएका छन् । एसके सूचना केन्द्र बाट