एजेन्सी–दार्जलिङमा शुक्रबार र शनिबार भएको घटनाले थप डरलाग्दो अवस्था सिर्जना गरेको छ । प्रहरीको गोली लागि ३ जना मानिसको मृत्यु भएपछि गोर्खाल्याण्डको माग गर्दै आइरहेका दार्जलिङबासीहरुको आन्दोलनले डरलाग्दो रुप लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
तीन जना आन्दोलनकारीहरुको मृत्यु भएपछि आन्दोलनकारीले दार्जलिङ हिमालयन रेल्वे नजिक रहेका धेरै सरकारी सम्पत्ति ध्यस्त पारिदिएका छन् ।
प्रहरीले आन्दोलन नियन्त्रण लिन ठुलो सख्ंयामा असुर ग्याँस प्रहार गरेको मिडिया रिपोर्टमा छ । दार्जलिङ र सोनाडामा करिब ८६ जना सैनिक पनि परिचालन गरिएको बताइएको छ ।
उता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले प्रेस कन्फ्रेन्समार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले केन्द्रिय सरकारलाई दार्जलिङको समस्या समाधान गर्न मदत नगरेको आरोप लगाएकी छिन् ।
उनले भनेकी छिन्,‘बिजेपी सरकारले शान्ति भंग गर्न खाजेको छ ।’
बनेर्जीले बधुरिया र बसिरहाटमा भएको घटनाको न्यायिक जाँच गर्ने बताएकी छिन् । उक्त घटनामा एकजना मानिस मारिएका थिए । उनले यसबारे दार्जलिङमा आन्दोलन गरिरहेका नेताहरुसँग छलफल गर्ने बताएकी छिन् ।तर २४ दिनदेखि आन्दोलनले थला परेको दार्जलिङबारे उनले खुलेर बोल्न रुचाइनन् ।
उनले भनेकी छिन्,‘सरकार पहाडका पार्टीहरुसँग वार्ता गर्न तयार छ । तर, शान्तिको माहोल बनाउनु आवश्यक छ । सरकारले धेरै धैर्यता देखाइसकेको छ ।’
उनले थप्दै भनिन्,‘यदी आउने १० १५ दिनमा शान्ति बहाल हुन सकेमा, म पहाडका पार्टीहरुलाई फोन गर्नेछु र छलफल अगाडि बढाउनेछु । तर, यो सबैका लागि उनीहरुले शान्ति स्थापना गर्नुपर्नेछ ।’