सन्धिखर्क : सल्यानमा आइतबार बिहान बस दुर्घटना भै गम्भीर घाइते भएका विरामीलाइ थप उपचारका लागि काठमाडौ लैजादै गरेको हेलिकोप्टर मौसम खराबीका कारण सन्धिखर्कमा अवतरण भएको छ ।
सल्यानको टुनिबोटमा बस दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने क्रममा मौसम खराबी भएछि अर्घाखाँचीमा आकस्मिक अवतरण गरी घाइतेहरुलाइ उपचारकालागि अर्घाखाँची जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताउनुभयो ।
नेपाली सेनाको सबुज गण म्यालपोखरिमा हेलिकप्टर अबतरण भैइ घाइतेलाई सैनिक र प्रहरीको सहयोगमा सन्धिखर्क अस्पतालमा लगिएको हो । सन्धिखर्कमा उपचार हुन नसकेपछि गम्भीर घाइते तीन जनालाई गएरा तिनै भैरहवा रिफर गरिएको छ भने अन्य पाँच जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको समाजसेवी सहयोगी बिसिले बताउनुभयो ।
आज मौसम सुधार भएमा आजनै घाइते सबैलाइ हेलिकप्टरबाट काठमाण्डौ लगिने प्रहरीले बताएको छ । हेलिकप्टर सेनाको ब्यारेकमा राखिएको छ ।