काठमाडौं – ज्योतिष गोपाल कोईरालाले प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक भविष्य सफल हुने भविष्यवाणी गरेका छन् । ज्योतिष कोईरालाका अनुसार कालसर्प योग, क्रोकोटनागको प्रभाव भएको व्यक्ति र चातुर्यको खानी भएकाले देउवाले राजनीतिकमा यात्रा सहजै सफल गर्ने बताएका हुन् ।
देउवाको कुल देवता देउती बज्यैको ठुलो आर्शिवाद भएको भन्दै ज्योतिष कोईरालाको प्रधानमन्त्री देउवाले प्रथम ज्योतिर लिङग, कुसेश्वर महादेवको दर्शन गरेको हुनाले उनलाई कुसेश्वर महादेवको पनि आर्शिवाद छ, कुसेश्वर महादेवको मन्दीर भत्किएको छ, त्यसको जिर्णोद्धार गरेको खण्डमा अझै राजनीतिमा सफलता पाउँने दावि छ ।
ज्योतिष कोईराला प्रधानमन्त्री देउवाकी धर्मपत्नि आरजु राणा नेपालको पहिलो महिला प्रधानमन्त्री हुने योग रहेको बताउछन् । उनले भने्, ‘आरजुलाई क्रिसियनको आरोप लागेको छ, पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गर्नु आवश्यक छ’ उनिले अघि थपे, ‘आरजुलाई वृहस्पति, शनि र शुक्र ग्रहले साथ दिएको छ, राहु निक्कै वलवान छ, कुटनितिमा चतुर छिन्।’
उनले अर्को प्रसँगमा २०७६ साल जेठ २८ शुक्रबार अष्टमी तिथिका दिन नेपालमा ठुलो दुर्घटना हुने भविष्यवाणी गरेका कोईराला त्यो समयमा बाह्य हस्तक्षेप बढ्ने खतरा रहेको दावि गरेका छन् ।
ज्योतिष कोराईलाले भने,‘माताकालि जागेकी छिन्२८ भुजा भएकी कालि हुन्, उनिले भोगको लागि एक गासमा ५० वटा जीवको आहार गर्नेछिन्, बाह्र ओटा भैरव एकै ठाउँमा कालिसँगै यो विपत्त आउँने छ, पशुपतिनाथ पुजा विकृति भएको छ, वैदेशिक जोगीलाई जथावाभि प्रवेश गर्नदिएको कारण भाडभैलो भएको छ, जुत्ता लगाएर मन्दीर भित्र पस्न महनाही रहेको छ, तर त्यहाँ कुनै नियम संस्कार छैन्। नेपाल पाना डटकमको सहयोगमा