अनुष्का शेट्टी सन् २००५ मा तेलगु फिल्म ‘सुपर’बाट फिल्म क्षेत्रमा लागि हुन् । यसपछि उनी फिल्म क्षेत्रमा जमेकी छिन् । दक्षिणका धेरै फिल्ममा आफूले भूमिका निभएकी छिन् ।
उनको पछिल्लो फिल्म बाहुनबली निकै हिट पनि भयो । साउथका नायक प्रभाससँग बाहुबली दुईको सफतला पछि अनुष्काको निकै निकटतासमेत बढेको छ ।
प्रभास र अनुष्काबीच रोमान्सको चर्चा भारतीय समाचारहरुमा छाएका छन् ।
तमन्ना बाहुबलीको प्रेमिकाको भूमिकामा देखिएकी थिइन् र अनुष्का शेट्टीले बाहुबलीको आमाको भूमिका निभाएकी थिइन् । तर वास्तविक जिन्दगीमा अनुष्का शेट्टीको प्रेम कहानी प्रभाससँग जोडिएर चर्चामा आएको छ ।
बाहुबली भन्दा पहिला पनि अनुष्का शेट्टी र प्रभासले कयौं फिल्ममा एक साथ काम गरेका छन् । बाहुबली २ कोसफतापछि यी दुई अझ नजिकिएका छन् ।
प्रभावसलाई ६ हजार बढी युवतीले प्रेम प्रस्ताव राखेको भएपनि उनले ती सवैलाई अस्विकार गरेका छन् । उनको विवाहको चर्चा चलिरहेको छ । पछिल्लो पटक एक व्यपारीकी छोरीसँग उनको विवाहको सम्भावना रहेको समाचारहरु सार्वजनिक भएपनि प्रभासले यसवारे केही प्रतिक्रिया दिएका छैनन् ।
तर अनुष्कासँगको पछिल्लो निकटताले उनीहरु बैवाहिक सम्बन्धमा बाँधिने समाचार आएका छन् । इन्डिया डट कममा प्रकाशित एक समाचार अनुसार उनीहरु एक अर्काकालागि बनेको भन्दै फ्यानहरुले पनि विवाह बन्धनमा बाँधिन सल्लाह दिएका छन् ।
उनीहरु दुवैको स्वभाव देखि लुक्ससमेत मिल्ने भन्दै विवाहको लागि फ्यानहरुले दवाव दिएका छन् । भने प्रभास र अनुष्काबीचको लुकिछिपि सम्बन्ध पनि जारी रहेकोले अनुष्कासँग प्रभावसको विवाह हुने दाबी गरिएको छ ।