बाँके २१ अषाढ । बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि दुव्र्यवहार भएको छ । पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा उनी माथि कांग्रेस कार्यकर्ताहरुद्धारा दुर्व्यवहार भएको हो ।
कोहलपुर नगरपालिकामा बुधवार सार्वजनीक भएको स्थानीय निकायको निर्वाचनको नतिजामा कांग्रेसले हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ ।पौडेलका अनुसार कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले नेपाली कांग्रेसका मेयर प्रत्यासी भानुभक्त भट्टराई पराजित भएको कारण देखाउँदै घरमै आएर कालोमोसो दलेका हुन् ।दुव्र्यबहारको शिकार भएका पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।