प्रधानमन्त्रीको लाइनमा रहेका शेरबहादुर देउवाको लागि दुखद खबर, प्रधानमन्त्री बन्ने सम्भावना टर्दै

काठमाडौं । नेकपा एमालेले निर्वाचनमा असर गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा नदिन दबाब दिएपनि अन्ततः प्रधानमन्त्रीले राजिनामा दिने भएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति आउन अब २१ दिन मात्र बाँकी छ । जेठ १९ गतेदेखि उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम छ । यता सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन २२ स्थानीय तह थप्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले संसद चल्न दिएको छैन् ।भोली सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तो अप्ठ्यारो अवस्थामा प्रचण्डले राजिनामा दिन लागेपछि कस्तो बजेट आउने भन्ने अन्यौलता कायम नै रहेको छ ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्नेछ । प्रचण्डले राजिनामा दिएपछि सरकार काम चलाउ हुनेछ । काम चलाउ सरकारले पूर्ण आकारको बजेट ल्याउन पाउने कि नपाउने भन्ने प्रश्न पनि यथावत छ ।
निर्वाचन अघि नै सरकारले संविधान संशोधन नगरे निर्वाचनमा भाग नलिने चेतावनी मधेसी मोर्चाले दिइसकेको छ । अब सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दिने संवैधानिक व्यवस्था छ । पनि सहमति जुटन नसके बहुमतीय प्रकृया शुरु हुनेछ ।तर प्रमुख प्रतिपक्ष दल एमालेले जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन अघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने नीति लिएको छ । एमालेले सरकारले २२ स्थानीय तह थप्ने निर्णयलाई कारण देखाउदै केही दिन अझै संसद चल्न नदिने नीति लिएको छ ।काम चलाउ सरकारले नै बजेट ल्याउने र निर्वाचन पनि गराउन दिने तर देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने नीति एमालेले लिएको एमाले निटक स्रोतले नेपाली हेडलाइन्सलाई बतायो ।