‘कोहि तक्मा तक्मा भन्छन्, कोहि पद र पैसाको लागि मरिमेट्छन् तर सच्चा देशभक्त दिनरात जनताको सेवामा खटिन्छन् ‘ तर बिडम्बना देशले एउटा कुशल देशभक्त सधैंका लागि गुमायो’ देशको भलो चाहाने सैनिक जो दुखद् विमान दुर्घटनामा मारिए (भिडियोसहित)
भोजपुर – बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त नेपाली सेनाको विमानका चालक कैलास गुरुङ भोजपुरको छिनामखुका भएको खुलेको छ। केही दिनअघि लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलट पारसकुमार राई समेत भोजपुरकै हुन्। एक हप्ताभित्रमै भएका दुई विमान दुर्घटनामा भोजपुरले दुई पाइलट गुमाएको हो।
मंगलबार दुर्घटनाग्रस्त भएको सेनाको विमानका पाइलट भोजपुरको छिनामखुका हुन भने शनिबार लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट पारस भोजपुरको साङपाङका हुन्।
लुक्ला दुर्घटनामा पाइलट पारस र कलंकी निवासी को-पाइलट सृजन मानन्धरले ज्यान गुमाएका थिए। मंगलबार दुर्घटनाग्रस्त सेनाको विमानमा सवार एक प्राविधिक र अर्का पाइलट घाइते छन्। दुवै घाइतेलाई बाजुराबाट थप उपचारका लागि सीता एयरको हेलिकोप्टरबाट हस्पिटल पुर्याइएको थियो ।
बाजुरामा भएको सेनाको विमान दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका पाइलट कैलास गुरुङ भोजपुरमा पहिलो पटक गाडी पुर्याउने एतिहासिक पाइलटथिए । नेपाली सेना भित्र चर्चित पाइलट मानिनु हुने कैलासले भोजपुर जिल्लामा पहिलो पटक हेलीबाट गाडी पुर्याएका थिए । रुक्माङगद कटवाल प्रधान सेनापति भएको समयमा गुरुङले आफ्नो जिल्लामा हेलीबाट पहिलो पटक गाडी पुर्याएका हुन् ।
नेपाली सेनाको विमानका चालक कैलास महासेनानी थिए । पाइलट कैलासलाई नजिकबाट चिन्ने अजम्बर राई काङमाङका अनुसार भोजपुरको साविक छिनामखु टेम्केमैयूङ गाउँपालिका वाडा नम्बर २ मा जन्मिएका गुरुङ साहित्य र सिर्जनामा समेत सक्रिय थिए । उनले केही गीति एल्बम समेत सार्वजनिक भएका छन्।
गुरुङले विद्यालय शिक्षा भोजपुरकै अन्नपूर्ण मावि (अहिले उच्चमावि) बाट लिनुभएको थियो। उनले अन्नपूर्ण माविबाटै २०४३ सालमा एसएलसी उत्र्तिण गर्नु भएको थियो। त्यसपछि भने प्राविधिक शिक्षा आर्जन गर्दै उनि नेपाली सेनामा प्रवेश गरेका थिए ।अहिले भने गुरुङको परिवार काठमाडौंमै बस्दै आएको छ। अन्नपूर्ण पोस्टमा खबर छ