देवीका छोराले रेणुलाई ” नक… चरी, सडकमा नांगै हिड्न’ भनेपछि सामाजिक सञ्जालमा यस्तो भाइरल
चितनव । भरतपुर महानगरपालिकाको मतगणना स्थगित छ । वडा नम्बर १९ को मत गन्ने समयमा मतपत्र च्यातिएपछि विवाद सुरु भएको थियो ।
नेकपा एमाले र प्रहरीले माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालको प्रतिनिधिले च्यातेको अारोप लगाइरहेका छन् भने माओवादी केन्द्रले एमालेले च्यातेको दाबी गर्दै अाएको छ । मत पत्र जसले च्यातेपनि मत गणना भने स्थगित छ ।
यसैबीच एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीले सामाजिाक सञ्जालमाले लेखेको स्टाटस भइरल भएको छ ।
स्थानीय एक पत्रिकाले ‘मैले जित्न लागेपछि एमालेका साथीहरु अात्तिनु भो’ रेणु दाहालको भनाईलाई शिर्षकको बनाएर समाचार प्रकाशित गरेको छ । ‘थुइक्क नकचरी, नांगै हिड्नु सडकमा बारु’ स्टाटस लेखेर उक्त समाचार निरबले सेयर गरेका छन् । यही स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को अालोचना गरेका छन् ।
यी हुन् रेणुलाई अश्लील शब्द प्रयोग गर्ने निरब
मत परिणाम जे सुकै भएपनि महिलालाई अश्लील शब्द प्रयोग गरिएको भन्दै निरबलाई सार्वजनिक रुपमा माफी माग्न समेत माग गरिएको छ । चारैतिर अालोचना हुन थालेपछि निरबले उक्त स्टाटस हटाएका छन् तर अालोचना भने रोकिएको छैन ।
चुनावको परिणाम जे भएपनि अबेगमा नअाउन ज्ञवाली परिवारलाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अाग्रह गरेका छन् ।
यस्तो छ निरबको स्टाटस
Importants: Insurance, buy insurance,life insurance, loan, Banking, ebanking,ebill and learning from here at google:
POSTED IN NATIONAL
तपाईं हाम्रो समाचारहरू फेसबुक र ट्वीटर मार्फत पनि हेर्न र पढ्न सक्नुहुनेछ । फेसबुक र ट्वीटरमा जोडिन हामीलाइ पछ्याउनुहोस ।
khabartime.com बात