‘क्लिन द सिटी’ अभियान सुरु, काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू, सडकमा देखियो यस्तो दृश्य (भिडियोसहित)
काठमाडौं, १८ जेठ । काठमाडौं सफाईका वारे पहिलो निर्णय गरेका काठमाडौं महानगरपालिकाका मेयरबिद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सुरु गरेका छन् । हिजोमात्र पदभार ग्रहण गरेका काठमाडौं महानगरपालिकाका मेयर बिधासुन्दर शाक्य र उपमेयर हरिप्रभा खडगीले आज बिहानैदेखि काठमाडौं सफाईको काम शुर गरेका हुन् ।
काठमाडौंलाई बस्नलायक शहर बनाउने घोषणा गरेका शाक्य र खड्गी आफैं सडकमा निस्किएर सफाईमा सहभागी हुँदा आफुले भोट जितेर जिताएका प्रतिनिधीसागै मतदाताहरु पनि सहभागी भए ।काठमाडौं महानगरपालिकाका मेयर–उपमेयरको भर्खरैजिम्मेवार िसम्हालेका शाकय र खड्गीको सहभागीतामा आज बाँसबारीदेखी नारायणगोपाल चोकसम्म सरसफाई कार्यक्रम को आयोजना गर्यो । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।