काठमाडौं, नेपाल टेलिकम र ओरिडु कतारबिच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतार गएका बेला पहिलेभन्दा सस्तो दरमा नेपालमा फोन गर्न सक्नेछन् । नयाँ दर आगामी जनवरीदेखि लागु हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबिच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । अहिले सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको टेलिकमले जनाएको छ । from ujayloonline