काबुलमा भारतीय दूतावास अगाडि शक्तिशाली बम बिस्फोट, ८० जनाको घटनास्थलमै मृत्यु ३ सय २० जना घाइते (भिडियोसहित)
अफगानिस्तान – अफगानिस्तानको राजधानी काबुलमा कुटनीतिक नियोगहरु रहेको क्षेत्रमा बुधबार बिहान भएको विष्फोटनमा परि ८० जनाले ज्यान गुमाएका छन् भने ३ सय २० जना घाइते भएका छन् ।
जनबक स्क्वेयरस्थित जर्मन दूतावास नजिकै भएको कार बम विष्फोटनमा मारिने र घाइते हुनेहरु धेरैजसो सर्वसाधारण भएको बीबीसीले जनाएको छ । बिष्फोटन शक्तिशाली भएको बताइएको छ । धमकाले सयौं मिटर परका घरका झ्याल र ढोकाहरु फुटेको बताइएको छ । बिष्फटन स्थानीय समय अनुसार बिहानको ८.२५ मा भएको थियो । यो एकदमै ब्यस्त समय हो ।बम बिस्फोट गराइएको स्थल नजिकै भारतीय दूतावासको अलवा जर्मन र इरानी दूतावास समेत रहेको बताइएको छ । आक्रमणकारीले इरानी दूतावासलाई लक्षित गरी बम बिस्फोट गराएको जनाइएको छ।बम बिस्फोट भएको क्षेत्र काबुलको उच्च सुरक्षा सतर्कता रहने क्षेत्रमा पर्छ । घटनापछि सुरक्षकर्मीले उक्त क्षेत्रलाई घेरामा राखिरहेका छन् । हालसम्म बम हमलाको जिम्मा कसैले नलिएको भएपनि धार्मिक अतिवादीहरूले आक्रमण गरेको अनुमान गरिएको छ । (एजेन्सी)