एजेन्सी। विहेपछि हरेक महिलाको सपना हुन्छ कि उनी आफ्नो श्रीमानसँग सौहार्दपूर्व वातावरणमा आफ्नो बाँकी जिन्दगी विताउ । तर, भारतको आगरामा ७ नोभेम्बरको एक विहे भयो र सुहागरातमै दुलहीसँग यस्तो व्यवहार भयो कि बताउँदा उनी काप्न थालिन् ।
यहाँ सुहागरातमा दुलहीसँग अप्राकृतिक सेक्सको प्रयास भयो र विरोध गर्दा चक्कु प्रहार गरेर घाइते बनाइयो । पीडित महिलाका अनुसार सुहागरातमा पतिभन्दा पहिला देवरले कोठामा घुसेर अश्लील हर्कत गरेका थिए ।
यस्तो छ पूरा घटनाः
आगराको शाहगंज प्रहरी थाना क्षेत्रमा ७ नाभेम्बरका दिन एक व्यवसायीले आफ्नी छोरीको विहे ट्रान्सपोर्टर रितेश अरोडासँग गरिदिएका थिए । विहेमा २४ लाख रुपैयाँ खर्चपछि केटापक्षको माग बढ्न थाल्यो । जयमालापछि दुलाहा पक्षले दाइजोमा होण्डा सिटी कारम मागे ।
दुलहीका अनुसार उनका बुवाआमाले दुलाहाको माग पूरा गर्न नसकिने भन्दा दुलही लग्न मानेनन् । पाहुना र बुढापाखा मानिसको दबाबपछि दुलाहाको परिवारले दुलहीलाई लग्न तयार भयो ।
र आमाबुवाले विदाइ गरेर छोरी पठाए । घर पुगेपछि दुलहीलाई धुमधामका साथ भित्र्याइयो । त्यसपछि सुहागरातको तयारी गरिएको कोठामा दुलहीलाई राखियो ।
त्यो कोठामा पहिला त देवर घुसे र भाउजूसँग अश्लील हर्कत गर्न थाले । जब दुलहीले विरोध गरिन तब देवरले कुट्न थाले । दुलही आवाज निकाल्दै त्यहाँबाट भागिन ।
राति करिब ९ बजे पति मदिरा पिएर कोठामा आए र दुलहीले केही बोल्न नपाउँदै उनसँग जबरजस्ती अप्राकृतिक सेक्स गर्ने प्रयास गरे । विरोध गर्दा दुलहीलाई चक्कु प्रहार गरेर सख्त घाइते बताए ।
जब दुलही चिच्याइन तब सासु ससुरा आए । दुलहीले आफूमाथि भएको दुर्व्यवहारबारे बताउँदा उल्टै आफ्नो छोराको पक्षमा उभिएर सासुससुराले उनलाई नै कुट्न थाले ।
त्यसपछि दुलही ठूलो स्वरले चिच्याएको आवज सुनेर छिमेकी आइपुगे र दुलहीका माइतीलाई खबर गरे । सञ्चारमाध्यमका अनुसार यो घटना अहिले प्रहरी चौकी पुगेको छ । दुर्व्यवहार गर्ने पति र देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।