यो तस्वीर देखेर जसले पनि एकचोटि धोका खान सक्छ । पुतला जस्ती देखिने यी जिउँदी महिला हुन् ।
महिलाले मेकअप गरेर यस्तो लूक पाएकी होइनन् । वास्तविक जिन्दगीमै उनी यस्ती छिन् ।
यी हुन् अमेरिकी मोडल मेलनी गेडोस । एक्टोडर्मल डिस्प्लेसिया नामक एक दुर्लभ जेनेटिक डिसअर्डरका कारण गेडोस यस्ती भएकी हुन् । यसले कपाल, दाँत, नङ, हड्डी, छाला र ग्ल्यान्ड्सको विकासमा खराब असर पार्छ ।
मेलनीका ओठ र तालु जन्मदाखेरी नै काटिएका थिए । उनको आँखा र कानमा विकृति थियो । यसलाई ठीक गराउनका लागि उनले बाल्यकालमा नै ४० सर्जरी गर्नुपरेको थियो ।
मेलनीका त दाँत पनि छैनन् । दुई वर्षअघि उनले नक्कली दाँत बनाएका थिए तर लामो समयसम्म लगाउन सकिनन् । दाँतविना नै उनी खानेकुरा खान्छिन् ।
उनी त विग पनि लगाउँदिनन् ।
मेलनी धेरै पानी पिउन सक्दिनन् अनि छायाँ र एयरकन्डिसनमा बस्दा पनि उनले ध्यान दिनुपर्छ नत्र गम्भीर समस्या आइलाग्छ ।
आफ्नो फरक लूक र स्वास्थ्य समस्याका बाबजुद मेलनी न्युयोर्कमा सफल मोडल हुन् । उनले मोडलिङलाई करीयर बनाउने नसोचेको भएपनि आर्ट पढ्दै गर्दा प्रयोगका रूपमा आफ्नो एक फोटो खिचाएकी थिइन् । त्यही फोटो देखेर एक फोटोग्राफरले उनलाई मोडलिङको अफर दिएका थिए ।
एजेन्सी