काठमाडौं, असार २ । ‘श्रीमतीलाई खुसी र सुखी राख्ने सपना साँचेर रोजगारीका लागि कतार गएँ’ गोरखा सिरान्चाेकका टपबहादुर गुरुङले मर्माहत हुँदै भने, ‘स्वदेश फर्कँदा त पापीनीले सबै सम्पत्ति कुम्ल्याएर अर्कैसँग गइसकिछे ।’
हुँदा टपलाई सुशीलाले अतिमाया गर्ने बताउँथिन् । टपबहादुरले सुशीलाको नाटकलाई बुझ्न सकेनन् ।
बुझुन् पनि कसरी ? उनले आफूलाई भन्दा बढी विश्वास र माया आफ्नी श्रीमतीलाई गरेका थिए ।
२०७२ सालमा टपबहादुर र सुशीलाको धुमधामका साथ बिहे भयो । गाउँको परम्पराअनुसार नै मागी बिहे गरेका उनीहरुले एक महिना रमाइलोसँग बिताए । त्यसपछि श्रीमतीलाई खुसी राख्नका लागि पैसा कमाउन कतार गए ।
कतार गएर बेकरी क्याफेमा काम गरेका टपबहादुर कमाएजति सबै पैसा श्रीमतीलाई पाठउने गर्थे ।
श्रीमतीले पैसा जोगाएर राखेकी होलिन् भन्नेमा उनी ढुक्क थिए ।
तर, नतिजा फरक आइदियो । विदेश गएको लामो समयसम्म राम्रो भए पनि पछिल्ला दिनहरुमा सुशीलाको व्यवहार परिवर्तन भयो । टेलिफोन प्रायः ब्यस्त हुन थाल्यो ।
उनले केही शंका पनि गरे । तर, आधार भेट्टाएनन् ।
उनी विदेशमा दुःख गर्दागर्दै गाउँमा श्रीमती हराएको खबर सुने । श्रीमती हराएको पीडामा उनी हतारिएर काठमाडौं आए ।
जोडतोडले श्रीमतीको खोजी गरे । केही समयपछि थाहा भयो, सुशीलाले लमजुङ दुधपोखरीका समीर परियारसँग बिहे गरिसकिछन् ।
आफूलाई भन्दा बढी माया गरेकी श्रीमती अर्कैसँग गएको थाहा पाएपछि टपबहादुर बेचैन भए
सुशीलले टपलाई मात्रै छाडिनछन्, उनले विदेशबाट पठाएको सबै रकम र गरगहना पनि बोकेर हिँडिछन् । टपबहादुरका अनुसार सुशीलाले ३ लाख रुपैयाँ नगर र साडे २ तोला सुन लिएर अर्कैसँग बिहे गरिछन् ।
सुख र खुसीको सपना साँचेर विदेश गएका टपबहादुर जीवन उजाडिएको छ यतिबेला । र, उनले न्यायका लागि जिल्ला प्रहरी कार्यालयसँग गुहार मागेका छन् । आफूले कमाएको पैसा र गहना फिर्ताको लागि उनी भौतिरहेका छन् । तर, प्रहरीले उनको कुनै सुनुवाई गरेको छैन ।
from globalnepalipatra