कञ्चनपुर । दोस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन चलिरहेका बेला कञ्चनपुरको मतदान केन्द्र नजिकै बम बिष्फोट भएको छ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरसंगै रहेको भृकुटी उच्च माध्यमिक विद्यालय मतदान केन्द्र नजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिष्फोट कसले गराएको भन्ने बारे खुल्न सकेको छैन्। बिष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन्।