काठमाडौं, १३ असार — चीनमा केही दिनयता एउटा सडक चर्चामा छ । हुन पनि अचम्मलाग्ने छ सडक अनि चर्चामा हुने नै भयो ।
पाँचतल्ले घरमाथि बनेकाले यो सडकको चर्चा चलेको छ । सडक हेर्दा त भवनमाथि बनेको जस्तो लाग्दैन ।
सामान्य सडक जस्तै यहाँ पनि छेउछाउमा रुख छन् । पसलहरू पनि देखिन्छन् । यो सडक बनेको भवन चारैतर्फबाट पहाडले घेरिएको छ । याङ्त्से नदी पनि मजाले देखिन्छ ।
चीनमा भवनमाथि बनेको यो सडक मुख्य सडकसँग जोडिएको छ । भिडियोमा सडक किनारमा कार उभिएका पनि देखिन्छन् ।
जनसंख्या बढ्दै जाँदा शहर बसाउने यो रमाइलो र सिर्जनात्मक तरिका हो । यसअघि जापानमा भवनको बीचबाट भए जाने राजमार्ग पनि चर्चामा थियो ।
एजेन्सी