ओमान General Information and Tips - Destination Featured Today - Home Screen Documents - MRP
तपाई विदेश मै हुदा पासपोर्टको म्याद ६ महिनाभन्दा कम छ भने, म्याद सकियो भने वा पासपोर्टका पानाहरु सकिन लग्यो भने विदेशबाटै नयाँ पासपोर्ट बनाउन पनि मिल्छ ।
MRP पासपोर्टको लागि के के कागजात पेश गर्नुपर्दछ?
सबै विवरण भरेको फारम दुई प्रति
फारमको लिङ्कसक्कल नागरिकता र त्यसको फोटोकपी
पुरानो सक्कल पासपोर्ट र त्यसको फोटोकपी
६ महिना भित्र खिचिएको ३५×४५ मि. मि. साईजको ४ पवटा रंगिन फोटो
MRP पासपोर्टको लागि कति शुल्क लाग्दछ ?
ओमानी रियल २० लाग्छ तर हराएको/बिग्रिएको पासपोर्टको हकमा दोब्बर दस्तुर अर्थात् ओमानी रियल ४० लाग्छ ।
MRP पासपोर्ट कसले जारी गर्दछ ?
MRP पासपोर्ट काठमाण्डौ नारायणहिटीस्थित पररास्ट्र मन्त्रालयको राहदानी विभागले जारी गर्दछ।
MRP राहादानी बनेर आउन कति समय लाग्छ?
फाराम बुझाएपछि MRP राहादानी बन्न करिब ३ महिनामा लाग्दछ।
पासपोर्ट बनेर आए नआएको कसरी थाहा पाउने?
यो जानकारी तपाईंले दुई किसिमबाट थाहा पाउन सक्नुहुन्छ
पासपोर्ट बनेर आएको जानकारीको लागि दूतावासमा सम्पर्क गर्नुहोस्:
फ्याक्स नम्बरः +९६८२४६९६७७२
इमेलः eonmuscat@mofa.gov.np
वेबसाइटः http://om.nepalembassy.gov.np
दूतावासको सूचना पाटीमा समेत पासपोर्ट बनेर आएका व्यक्तिहरुको नामावली टाँसिएको हुन्छ।
MRP पासपोर्टको दरखास्त फाराम बुझाउन र बनिसके पछि लिन को जानु पर्छ?
पासपोर्टको दरखास्त फाराम बुझाउन तथा पासपोर्ट लिन निवेदक आफै दूतावासमा उपस्थित हुनुपर्दछ ।
MRP राहादानी लिन आउँदा के के कागजात लिएर आउनु पर्दछ ?
MRP लिन आउँदा पैसा बुझाएको रसिद, पुरानो पासपोर्ट र सक्कल नागरिकता लिई आवेदक आफैँ आउनु पर्दछ ।
यदि अस्थायी पासपोर्ट लिएको भए सो समेत लिएर आउनु पर्दछ।
दुतावासमा दरखास्त फाराम बुझाएपछि काठमाण्डौबाट पासपोर्ट लिन पाईन्छ कि पाईदैन ?
पाईन्छ, तर यसका लागि दूतावासले लेखेको पत्र लिएर राहदानी विभाग नारायणहिटीमा सम्पर्क गर्न जानु पर्दछ ।
MRP पासपोर्ट बनेर आएपछि त्यसमा नाम, थर, जन्ममिति, ठेगाना सच्याउन मिल्छ कि मिल्दैन?
MRP बनेपछि त्यसमा कुनै किसिमले कुनै पनि विवरण सच्याउन मिल्दैन । यदि सच्याउनु परेमा नयाँ MRP राहादानी नै बनाउनु पर्दछ।
MRP मा बच्चाको फोटो टाँस्न मिल्छ कि मिल्दैन ?
MRP मा बच्चाको फोटो टाँस्न मिल्दैन । बच्चाको पनि नयाँ MRP पासपोर्ट नै बनाउनु पर्दछ ।
पस्स्पोर्टको लागि फर्म बुझाउदा वा पासपोर्ट बनेपछि लिन जादा कुन समयमा जानुपर्छ ?
आईतबार देखि बिहिबारसम्म हरेक दिन बिहान ९ बजे देखि दिउसो २ बजे सम्म
महत्वपूर्ण कुरा
पासपोर्टको म्याद ६ महिनाभन्दा कम भएमा / म्याद सकिएमा वा पासपोर्टका पृष्ठहरु सकिन लागेको अवस्थामा नयाँ पासपोर्ट बनाउनु पर्ने हुन्छ
फोटो खिच्दा कुनै गहना वा टोपी लगाएको हुनु हुँदैन र फोटोको ८० प्रतिशत भाग टाउकोले लिएको हुनुपर्दछ ।
पासपोर्टसँग सम्बन्धित जानकारीको लागि कहाँ सम्पर्क गर्ने?
नेपाली राजदुतावास, ओमान
ठेगाना: शात्ति अल-क्युरुम,
भिल्ला २५६३, रोड २८३४
टेलिफोन: +९६८ २४६९६१७७; +९६८२४६९६८८३
इमेल: eonmuscat@mofa.gov.np ; eonmuscat@gmail.com
थप जानकारी को लागि
लिङ्क