एजेन्सी–दार्जलिङमा उग्र बनेको आन्दोलनलाई प्रभावित पार्न पश्चिम बंगाल सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
बिजनेश टुडेका अनुसार ठुलो जमातमा मानिसहरु जम्मा हुन नदिन मोबाइल इन्टरनेट सेवा पश्चिम बंगाल सरकारले गरेको हो । ब्रोडब्याण्ड कनेक्सनहरु भने केही ठाउँमा चलिरहेको बताइएकोछ ।
पर्यटकहरुको पहिलो रोजाइको गन्तव्य बन्ने गरेको दार्जलिङको पर्यटन व्यवसाय ठप्प भएको छ ।
जिजेएमले आन्दोलनको घोषणा गरेपछि पर्यटकहरुलाई दार्जलिङ छोड्न भनिएको थियो ।
विमल गुरुङले एक भिडियो जारी गर्दै आन्दोलनमा मारिएकाहरुको शवयात्रामा सहभागी हुन सबै दार्जलिङबासीहरुलाई आग्रह गरेका थिए ।
उता पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले विमल गुरुङको आतकंवादी संगठनसँग साठँगाठ भएको आरोप लगाएकी छिन् ।
दार्जलिङका विभिन्न क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडपका घटनाहरु भइरहेका छन् । यसले पर्यटकीय स्थललाई रणभुमि मैदानमा परिणत गरेको छ ।
मिडिया रिपोर्टका अनुसार प्रहरीका साथसाथै सेना पनि ठुलो संख्यामा परिचालन गरिएकोछ ।विमल गुरुङले भने गोर्खाल्याण्डको माग पुरा नभइन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।