कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित गजेहडामा बम बिष्फोट भएको छ । बिष्फोटमा परी १० जना सर्वसाधारण घाइते हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार घाइते मध्ये आठ जनालाई पिपरा स्वास्थ्य चौकीमा र दुई जनालाई वुटवल पठाइएको छ ।
काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार मनोनयन दर्ता गर्न प्रवेश गरे लगत्तै बाहिर साइकलमा राखिएको टाइम बम बिष्फोट भएको हो । मध्यान्न १.३० बजे बम बिष्फोट भएपछि सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा अधिकारीहरु जुटनु भएको छ ।
घटनास्थललाई नेपाली सेनाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रशासनले नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम बिष्फोट गराएको हुन सक्ने आँकलन गरेको छ । प्रशासनको बुझाइमा घटनास्थल राजपाको कमजोर क्षेत्र मानिन्छ ।