बुटवल। बुटवलका विभिन्न ठाउँमा मध्यरातमा बम पड्काइएको छ । अज्ञात समूहले बुटवलका विभिन्न स्थानमा बम पड्काएको हो । देशका विभिन्न स्थानमा बम आतंक बढिरहेका बेला बुटबलमा एकैपटक ठूलो परिमाणमा विष्फोट गराइएको हो ।
विष्फोटबाट मतदाता त्रसित बनेका छन् । प्रहरीले मतदातालाई सुरक्षा दिन सक्ने भन्दै नडराइ मतदान गर्न अनुरोध गरेको छ ।
प्रहरीले निर्वाचनका बेला छिटफुट यस्ता घटना घट्न सक्ने भन्दै थप सुरक्षा सतर्कता अपनाएको छ ।
खास क्षति नभएपनि आज हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले बम आतंक सिर्जना गरिएको हो । पारि बुटवलमा रहेको काठे पुल नजिकै बम पड्केको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मुकुन्द मरासीनिले अहिलेसम्म ठूलो घटना नभएको बताए । उनले तर्साउने काम मात्र भएको भन्दै मतदातालाई निर्बाचनमा ढुक्कसँग भाग लिन आग्रह समेत गरे । उनले रामापुर सैनामैनाको पेट्रोल बमबाट पनि खास क्षति नपुगेको र आफु घटनास्थल पुगेर मुचुल्का तयार गरेर फर्किएको बताए ।