काठमाण्डौ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट मुलुकको राजधानीसँग जोडिएको ३ नम्बर प्रदेशमा नेकपा एमाले मुलुककै शक्तिशाली पार्टीका रुपमा अगाडी आएको छ । निर्वाचनमार्फत यसअघि २०७० सालको निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा अघि आएको कांग्रेसले दोश्रो स्थानमा झार्दै एमाले पहिलो र शक्तिशाली पार्टीको रुपमा अघि आएको हो । एमालेले ३ नम्बर प्रदेशमा स्पष्ट बहुमत हासिल गरेको छ ।
मुलुकको राजधानीको रुपमा चिनिने काठमाण्डौ महानगरपालिकामा एमाले नेता विद्यासुन्दर शाक्यले कांग्रेसका उम्मेद्वार राजुराज जोशीलाई निकै ठूलो अन्तरले मात्र हराएनन्, भक्तपुर जिल्लामा समेत एमाले स्पष्ट बहुमतका साथ अघि आएको छलफलडटकम मा खबर छ ।
भक्तपुरमा एमालेले प्रभावशाली ३ वटा नगरपालिकामा विजय हासिल गरेको छ । सुर्यविनायक, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाले एमालेले कब्जा जमाएको छ । यता, ललितपुरमा भने एमालेभन्दा कांग्रेस अघि देखिएको छ । यद्यपि,उपत्यकामा काठमाण्डौ र भक्तपुरको विजयले एमाले स्पष्ट बहुमतका साथ अघि देखिएको छ । उता, काँठमा जिल्लाहरुमा पनि एमालेले स्पष्ट रुपमा बहुमत हासिल गरेको छ । ३ नम्बर प्रदेशका १ सय १९ सिटमध्ये एमालेले ६४ सिट कब्जा गरेको छ ।
यसको अर्थ प्रदेशका १३ जिल्लामध्ये १० जिल्लामा एमालेले बहुमतनै ल्याएको छ । त्यसमध्ये कांग्रेसले ३४ सिट र माओवादीले १५ सिट मात्र प्राप्त गरेका छन् । यसबाट के पुष्टि हुन्छ भने ३ नम्बर प्रदेशबाट दोश्रो चरणको निर्वाचनका लागि पनि एमालेले नयाँ सन्देश दिएको छ ।
यसको प्रभाव देशव्यापी रुपमा पर्ने निश्चितजस्तै देखिएको छ । यद्यपि, देशका धेरै जिल्लाहरुमा एमालेको आन्तारिक अन्तरविरोध पनि भएकोले दोश्रो चरणको निर्वाचनमा कस्तो परिणाम आउँछ त्यो भने भन्न सकिने अवस्था छैन ।
उपत्यकाभन्दा बाहिरका जिल्लाहरुमध्ये चितवनको भरतपुर नगरपालिकाको मतपरिणाम आउन बाँकी छ भने सो जिल्लामा एमालेनै बहुमत स्थान हासिल गरिसकेको छ ।
दोलखा,धादिङ,सिन्धुपाल्चोक,काभ्रे,मकवानपुर लगायतका जिल्लामा एमालेले स्पष्ट बहुमत हासिल गरेको छ भने अन्य केही जिल्लाहरुमा थोरै सिटले भने पनि अघि देखिएको छ । समग्रमा ३ नम्बर प्रदेशमा एमालेले कांग्रेसले दोश्रो स्थानमा झारिदिएको छ भने माओवादी केन्द्रलाई तेश्रो स्थानमा पुर्याइदिएको छ ।
उता, एमाले, कांग्रेस र माओवादी केन्द्र बाहेकका साना पार्टीहरुले पनि आफ्नो अस्तित्व भने जोगाएका छन् । राप्रपा, नयाँ शक्ति र नेपाल मजदुर किसान पार्टीले एक एक सिट ल्याएर आफ्नो अस्तित्व जोगाएका छन् । राप्रपाले मकवानपुर, नयाँ शक्तिले रसुवा र नेपाल मजदुर किसान पार्टीले भक्तपुरबाट एक–एक स्थान हासिल गरेका छन् । त्यस्तै, केही जिल्लाहरुमा माओवादी र कांग्रेस पत्तासाफ समेत भएको छ ।
दोलखा र रसुवामा माओवादी केन्द्र पत्तासाफ भएको छ भने भक्तपुरमा कांग्रेस पत्तासाफ भएको छ । यसबाट के पुष्टि हुन्छ भने ३ नम्बर प्रदेशको एमालेको प्रभाव अब मुलुकभर देखिने संकेत देखिएको छ ।
यस्तो छ ३ नम्बर प्रदेशमा आएको सीट संख्याः
