काठमाडौं, २५ जेठ — परीक्षामा कहिलेकाहीँ विद्यार्थीहरूलाई केही लेख्न नआएपछि कापी खाली छोडिदिने सामान्य कुरा हो । अलि ठूलो भएपछि कुनै विद्यार्थीले कापीको अन्त्यमा भगवानको नाम लेख्छन् ।

तर भारतको गुजरातका एक विद्यार्थीले १२ कक्षाको केमिस्ट्री पेपरमा लेखेको कुरा पढ्दा परीक्षक नै लाजले पानी पानी भएका थिए । ती विद्यार्थीले आन्सर शीटमा पोर्नका बारेमा लेखेछन् ।
विद्यार्थीले पोर्नोग्राफिक सामग्रीका अलावा आफ्ना यौन स्वैरकल्पना पनि लेखेका थिए । उनले आफ्नो भाउजु र नोकर्नीका बारेमा पनि अश्लील कुरा लेखेका थिए ।
आन्सर शीट शिक्षिकाले चेक गरेकी थिइन् । उनले यो सब पढेपछि कापी जाँच संयोजकलाई बताइन् ।
त्यसपछि विद्यार्थीलाई स्पष्टीकरणका लागि बोलाइयो तर उनले कुनै जवाफ दिएका छैनन् ।
विद्यार्थीमाथि उजुरी दर्ता गर्ने तयारी चलिरहेको छ । गुजरात उच्च माध्यमिक शिक्षा समितिले विद्यार्थीको रिजल्ट क्यान्सिल गर्ने तयारी गरिरहेको छ र अर्को एक वर्षसम्म बोर्डको परीक्षा दिनबाट प्रतिबन्ध लगाउने फैसला गरेको छ ।
एजेन्सी