
काठमाडौं, ३१ जेठ - छलफल थियो भरतपुर मतगणनाको विवाद बारे । एमाले अध्यक्ष केपी ओलीले बालकोट स्थित आफ्नो निवासमा एमालेका सम्बद्ध वकिलसँग छलफल गर्दै थिए ।
बोलाइएका थिए वकालत पृष्ठभूमिका संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित सम्भु थापा, अग्नि खरेल, गोविन्द बन्दी लगायतका वकिलहरु ।
तर त्यहाँ खबर नगरिएका वकिल टिकाराम भट्टराई अकास्मात झुल्किँदा एकातिरको कुरा अर्कोतिर मोडियो ।
दुई साता अघि ओलीनै रिसाउने गरि टिकाराम छिरेका थिए । प्रधानन्यायाधीश गोपाल पराजुलीको मुद्दाको प्रसंगमा । उनले पार्टीलाई फाइदा पुग्छ भनेर पराजुलीको प्रधानन्यायाधीश हुने बाटो रोक्नका लागि एउटा रिट दायर गर्न लगाएको कुरा सगर्व सुनाए ।
तर खुसी होलान भनेका ओलीले ठीक उल्टो उत्तर दिए । यस्ता बकमफुसे कुरा लिएर मकहाँ आउने भन्दै उनले भट्टराईलाई थर्काए ।
टिकारामले आफूले विकास गीरीलाई उक्त रिट दायर गर्न पठाएको तर माधव नेपालका मान्छेले रिट निवेदक गीरीलाईनै भगाएको सुनाए ।
स्मरणीय के छ भने स्वयम टिकाराम आजकल माधव गुटका हुन् ।
यस्तो बनाबटी कुरा सुनेपछि ओलीले आइन्दा आफूकहाँ नआउन अनुरोध गरे ।
उता रिट दायर गरेर तारेख बुझ्न नगएका र बेरितको रिट दायर गरेका कारण सर्वोच्चले गीरिको रिट खारेज गरिदिएको छ ।
आफूलाई टिकारामबाट धोका भएको भन्दै उनी अहिले बैंकक घुम्न गएका छन् ।
- जनआस्था साप्ताहिकबाट