
काठमाडौं । मध्यपूर्वी राष्ट्रले कतारमाथि लगाएको प्रतिबन्धले अहिले विश्वभर तहल्का मच्चाएको छ । आतंकवादी समुहलाई सहयोग गर्ने गरेको आरोप लगाउंदै कतारमाथि अहिले मध्यपूर्व सहित दक्षिण एसियाली देश माल्दिभ्स सहित ७ राष्ट्रले सम्बन्ध नै तोडेका छन् ।
पछिल्लो समय कतारमा के भइरहेको छ ? प्रतिबन्ध पछि कस्तो असर परेको छ र कतारबारे सामान्यतया नसुनिएका केही रोचक तथ्यहरु :
दैनिक हवाइ यात्रा गर्ने यात्रीलाई सास्तीः
सम्बन्ध चिसिइसकेपछि मध्यपूर्वी राष्ट्रले कतारसँगको हवाई सम्बन्ध पनि तोडेका छन् । यसले गर्दा कतारको राजधानी दोहा आवत जावत गर्ने आप्रवासीहरुलाई वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ । केही आप्रवासीका आफन्त र परिवारका सदस्य दोहामा बस्ने गरेका छन् । दुबईबाट उनीहरुलाई दोहा गएर भेट्न वा अन्य कामको लागि ४५ मिनेटको उडान आवश्यक पथ्र्यो र उनीहरु दैनिक जसो नभए समय समयमा त्यसरी यात्रा गर्ने गरेका थिए तर अब वैकल्पिक बाटो खोज्नुपर्ने भएको छ ।
महिलाको जनसंख्या भन्दा पुरुषको बढी
कतारको जनसंख्या २ दशमलव ७ मिलियन छ जसमध्ये पनि २ मिलियन त पुरुष मात्रै छन् । कतारमा अनपेक्षिकृत रुपमा बढेको जनसंख्याका कारण यो परिणाम आएको विश्लेषकहरुको दाबी छ ।
हिन्दु दोस्रो ठूलो धर्म
विभिन्न कामको खोजी र सिलसिलामा कतार पुगेका कामदारहरुको संख्या बढिरहेको समयमा नेपाल र भारतबाट त्यहाँ पुगेका कामदारहरुको संख्या बढि भएको हो । सिआइए वल्र्ड फ्याक्ट बुकका अनुसार कतारमा ६७ दशमलव ७ प्रतिशत मुसलमान छन् भने १३ दशमलव ८ प्रतिशत हिन्दु छन् र इसाइको संख्या पनि त्यति नै छ । हिन्दु र इसाइपछि बौद्ध धर्म त्यहाँको ठूलो धर्म हो । कतारको कुल जनसंख्याको ३ दशमलव १ प्रतिशत मानिस बौद्ध धर्म मान्छन् ।
लण्डनका ठूला धनाढ्य कतारमै ?
कतारका सेखहरु बेलायती राजधानी लण्डनका ठूला धनाढ्य मानिन्छन् । बेलायतको सार्ड, ह्यारोडस्, चेल्सी ब्यारेक र ओलम्पिक भिलेजमा पनि कतारी सेखहरुको स्वामित्व रहेको छ । कतारका अर्थ मन्त्री अलि सरिफ अल इमादीले बीबीसीलाई मार्चमा दिएको अन्र्तवार्तामा कतारीले करिब ४० अर्ब बेलायती पाउण्ड लण्डनमा लगानी गरिसकेको बताएका थिए । कतारले अबको ५ वर्षभित्र थप ५ अर्ब बेलायती पाउण्ड लगानी गर्ने तयारी गरिरहेको जानकारी पनि दिएका थिए ।
लोभलाग्दो तर खतरनाक व्यापार
ज्यादै कम खेतीयोग्य जमिन भएको कतार खाद्यान्नको लागि साउदीको भर पर्ने गरेको छ । आफ्नो मागको कुल ४० प्रतिशत खाद्यान्न साउदीबाट आयात गर्ने गरेको कतारले प्रतिबन्धपछि इरान र अन्य राष्ट्रबाट खाद्यान्न ल्याउने तयारी थालेको छ । प्रतिबन्ध लाग्नु पहिले गरिब कतारीहरु हप्तामा एक पटक वा दैनिक रुपमा सपिङ्कै लागि भनेर साउदी जाने गर्थे । उनीहरुको सपिङ्मा खाद्यान्नले विशेष ग्राह्यता पाउने गथ्र्यो तर अहिले भने यो क्रम रोकिएको छ ।