पोखरीमा दुई बालिकाको शव – बलात्कारपछि हत्या…(हेर्नुस् भिडियो)
दुई जना वालिकाको ज्यान जाने गरी भएको माडी घटनाका दोषीलाई कारवाहीको माग गर्दै पिडित परिवारले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका छन् । पिडित परिवारले शंकाको आधारमा प्रहरी हिरासतमा रहेको ५ जनाको नाममा किटानी जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले अनुसन्धान प्रकृया अगाडी बढाउनको लागी पिडित परिवारसँग किटानी जाहेरी दिन माग गर्नुभएको थियो ।
संयुक्त संघर्ष समितिको समन्वयमा पिडित परिवारले प्रहरी हिरासतमा रहेका तिन १६ वर्ष भन्दा माथीका युवाको नाममा किटानी जाहेरी दिएका हुन् । पिडित परिवारले घटना घटेको पाँच दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन प्रहरी असक्षम भएको गुनासो गरेका छन् । दोषी कुनै पनि हालतमा उम्कन नपाउने प्रहरी प्रमुख थापाले आश्वासन दिनुभयो । उहाँले पोस्टमार्टमलाई थप विश्वासिलो बनाउन काठमाण्डौ पठाइएको जानकरी दिनुभयो ।
संयुक्त संघर्ष समितिका प्रतिनिधिले वालिकाको बलात्कर पछि हत्या गरिएको आरोप लगाएका छन् ।