जेष्ठ ३१, २०७४- साउदीको श्रम तथा सामाजीक मन्त्रालयले बुधवारबाट दिउसो १२ वजेदेखि ३ वजेसम्म बाहिर क्षेत्रमा काम गर्न रोक लगाएको छ । मन्त्रालयले सेप्टेम्वर १५ सम्म घाममा काममा लगाउन नपाउने जनाएको हो ।
मन्त्रालयका कार्यक्षेत्र वातावरणको लागि विकास तथा निरिक्षण उपमन्त्री डा. फहीद अलौओइडले कामदारको स्वास्थ्य र सुरक्षामा ध्यान दिदै दिउसोको कामलाई रोक लगाएको वताए । साउदी क्यालेन्डर १४३५/७/१५ मा गरेको मन्त्रीस्तरीय निर्णय नम्वर ३३३७ लाई कार्यान्वयनमा ल्याएको हो ।
कामदारको कार्यस्थल सुरक्षाको लागि यो निकै महत्वपुर्ण भएको जनाएको छ । उनका अनुसार तेल र ग्यास कम्पनी तथा मर्मतसम्भारको लागि आपतकालिन अवस्थामा काम गर्नुपरे यो निर्णय लागु हुदैन ।

मन्त्रालयले यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याउने जनाए । साउदीमा झन्डै ५ लाख नेपाली कार्यरत छन् । जसको ठुलो हिस्सा निर्माणधीन क्षेत्रमा संग्लनमा छन् । खाडीमा तापक्रम बृद्धि भएको समयमा काम गर्ने नेपाली कामदार बढी जोखिममा छन् । सवैभन्दा ठुलो मृत्युदर जुन–सेप्टेम्वरसम्म हुने गरेको छ । मन्त्रालयले जर्वजस्ती काममा लगाए नजिकको श्रम कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ ।
from ekantipur