
एजेन्सी–टिवइटरमा कतारका एक व्यक्तिले ‘दुधका लागि धन्यवाद टर्की’ भन्दै पोष्ट गरे ।उनले टर्कीस ब्राण्डका दुधहरुको बोतलसहितको तस्बिरहरु समेत राखे ।हाल कतारका सुपरमार्केटमा टर्कीस ब्राण्डका बोतलहरु पाइन्छन् ।बितेका एक हप्तामा, ताजा दुधका स्टक, गोगुर्ट, मासु तथा जुसहरु ठुलो संख्यामा टर्कीबाट दोहा लगियो ।
छिमेकी देशहरुले नाकाबन्दी लगाएपछि कतार सरकारले देशमा खाद्यान्न अभाव हुन नदिन टर्कीबाट ताजा र अत्यावश्यक सामान ल्याइरहेको छ ।कतारका लागि यो दशक यताकै सबैभन्दा नराम्रो दिनहरु हुन् ।
मंगलबार टर्कीका राष्ट्रपति रिसेफ टेइप इर्दोगानले कतारलाई एक्लाउने कार्य अमानविय तथा इस्लामको मर्यादा भन्दा बिपरित भएको बताएका छन् ।
उनले यसको तुलना फाँसी सजायसँग समेत गरे ।टर्कीका विदेशमन्त्रीले कतार संकटबारे थप बुझ्न बुधबार कतार जादैछन् ।साउदी अरेबिया, बहराइन, युएइ र इजिप्टले कतारलाई नाकाबन्दी लगाएपछि टर्कीले यसबारे बोल्न हिचकिचाएको थियो ।
उसले कुनै पनि वक्तत्य जारी गरेको थिएन ।तर दुई दिन पछि भने आंकराले नाटकिय प्रो–कतार टर्न लियो ।टर्कीस सेनाहरु कतारमा जाने बिल पास गर्नुले पनि अन्तराष्ट्रिय समुदायलाई यसले कडा सन्देश दिएको छ ।दोहा एक्लो छैन ।यो बिल पारित हुन केही दिन पास हुन दुई वर्ष लामो समय पर्खनु परेको थियो ।यस्तैमा कतार संकटको जन्म भयो ।सन् २०१५ मा यी दुवै राष्ट्रले मिलिटरी प्रोटोकलमा हस्ताक्षर गरेका छन् । टर्कीले कतारमा सैन्य बेश पनि खोलिसकेको छ ।
क्षेत्रगत हिसाबले यो पहिलो हो । हाल टर्कीका १०० जना सैनिक कतारमा रहेका छन् ।तर, उक्त बेशको क्षमता ५ हजारभन्दा बढी रहेको छ ।अांकराले दोहाबाट एउटा महत्वपुर्ण साथ पाएको छ भने अन्तराष्ट्रिय जगतबाट टर्की एक्लाइदै छ ।टर्की र कतारको व्यापारिक सम्बन्ध पनि उत्तिकै ठुलो रहेको छ ।
सन् २०१५ मा टर्कीबाट कतारले ४२४ मिलियन डलर बराबरको व्यापार गर्छ । इलेक्ट्रोनिक सामान, फर्निचर सि भेसल जस्ता सामानहरु निर्यात गर्ने गर्छ ।कतारबाट टर्कीले ३६१ मिलिन डलर बराबरको सामान आयात गर्यो ।
पेट्रोल, आलमुनियम तथा प्लाष्टिक प्रोडक्टहरु ज्यादा निर्यात भएको थियो ।कतारमा टर्कीका ३० भन्दा बढी निर्माण कम्पनीहरु रहेका छन जसको मुल्य हाल ८.५ बिलियन अमेरिकी डलर रहेको छ ।सन् २०२२ मा हुने विश्वकपले समेत टर्कीका निर्माण कम्पनीहरुलाई थप लगानी गर्ने बाटो रहेको छ ।
यसका लागि उनीहरु सम्भावित लगानी क्षेत्रहरु हेरिरहेका छन् ।राष्ट्रपति इर्दोगानले साउदी तथा अन्य राष्ट्रहरुलाई तुरुन्त समस्या समाधान गर्न आग्रह गरेका छन् ।टर्कीले आफु साउदी विरोधी पनि नभएको बताएको छ ।कुटनीतिक रुपमा समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेको उनले बताएका छन् ।