केपी ओलीको आक्रोश : बरु निर्वाचन आयोगले रेणु दाहाललाई जितेको घोषणा गर्दिएको भए हुन्थियो भन्दै दिए यस्तो चेतावनी (भिडियोसहित)
काठमाडौ – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई नेकपा एमालेले अस्वीकार गरेको छ । आयोगको निर्णयलाई एमालेले दुर्भाग्यपूर्ण रहेको बताएको छ ।
शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलमा बसेको स्थायी समिति बैठकले आयोगले पुनःमतदान गर्ने निर्णयले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको निष्कर्षका साथ त्यसविरुद्ध सबै प्रकारका न्यायीक उपचारको खोजी गर्ने निर्णय गरेको हो ।
बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष केपी ओलीले पुनःमतदान गराउने निर्णय गर्दैमा सबै कुरा सकियो भनेर नसोच्न सत्तारुढ दललाई चेतावनी दिदै त्यसबारे कानुनी उपचार खोजिने बताए । एमालेले पुनःमतदान गराउने निर्णयलाई अपराधिक नाटकको संज्ञा दिदै त्यसलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ । सरकारद्वारा योजनावद्ध ढंगले पुन मतदान गराउने काम भएको भन्दै उसले सो प्रक्रियामा सहभागी नहुने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले निर्वाचन आयोगले एउटा संबैधानिक निकायको भूमिकाअनुसार निर्वाचन गराउने दायित्व पुरा गर्नुको सट्टा दवावमा आएर लाचारी निर्णय गरेको आरोप लगाए । ओलीले आयोगको निर्णय बिरुद्ध आक्रोश हुदै भने ‘आयोगले रेणुले जीतेको घोषणा गर्दीएको भए हुन्थ्यो ।’