
काठमाडौं, २८ जेठ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्यको शिलन्यास कार्यक्रममा सहभागि बन्नको लागि मोदी नेपाल आउन लागेका हुन् ।
उनी आउने मिति चाहिँ टुंगो लागेको छैन । केही महिनामै आयोजना सिलन्याशको तिथि तोकिएपछि उनी सिलन्यासमा सरिक हुन नेपाल आउन लागेका हुन् ।
संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरु तेस्रो केही महिना भित्रमै सुरुवात हुँदै छ । आयोजना निर्माणको जिम्मा भएको भारतीय कम्पनी सतजलको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । सतजल भारत सरकार र हिमाञ्चल प्रदेशको लगानी रहेको कम्पनी हो ।
भारतीय दूतावास स्रोतका अनुसार राष्ट्रिय गौरवको आयोजनासमेत रहेको यो आयोजना शिलन्यास समारोहमा मोदी पनि सहभागी हुने तयारी भएको छ ।
सतलज कम्पनीले बुट मोडलमा आयोजना निर्माण गर्न लागेको हो । सतजलले नेपाल सकारसँग सन् २०१४ मा आयोजना विकासको सम्झौता गरेको थियो ।
सतजललाई सन् २०१६ सम्ममा आयोजना निर्माणको लागि चाहिने रकम जुटाईसक्नुपर्ने थियो । तर तर उसले एक वर्ष समय थप्न सकारसँग आग्रह गरेको थियो ।
भारत सरकारले अरुण तेस्रो बनाउन ९१ अर्ब रुपैयाँ ऋण दिने निर्णय गरेको छ । सबा एक खर्ब लगानी लाग्ने अनुमान गरिउको भएपनि बाँकी रकम कम्पनी आफैंले जोहो गर्दै छ ।
२५ वर्ष सम्म आयोजनाबाट फाइदा उठाएपछि सतजलले उक्त आयोजना चालू अवस्थामा सरकारलाई हस्तान्त्रण गर्नुपर्ने सम्झौता छ ।