
जनकपुरधाम, जेठ २८ – निर्वाचन सम्वन्धि वैठक गरिरहेका राष्टिय प्रजातन्त्र पार्टी धनुषालाई राजपा धनुषाका कार्यकताहरुले बैठक विथोलेको छ ।
जनकपुरको गोपालधर्मशालमा वैठक वसेका राप्रापाका कार्यकताहरुलाई निर्वाचन सम्बन्धि कार्यक्रमहरु नगर्न भन्दै राजपाका कार्यकताहरुले वैठक भाँडेका छन । स्थानिय तहको निर्वाचन वहिष्कार गरेका मधेशवादी दलले निर्वाचन सम्वन्धि कुनै पनि गतिविधी गर्ने नदिने चेतावनीको वावजुद निर्वाचन सम्वन्धि गतिविधी गरिरहेकोले वैठक विथोलेको राजपाका कायकर्ताहरुले बताए ।
बैठक भाडदै उनिहरुले सबै धोति एक होउ,सब मधेशी एक होउ भनेर नारा लगाएका थिए । राजपा नेतृ विभा ठाकुरले मधेशको मुद्दा सम्वोधन नभएसम्म मधेशमा कुनै पनि हालतमा चुनाव नहुने वताईन ।
यता राप्रपा धनुषाका अध्यक्षले आफुहरु निर्वाचन सम्वन्धि कुनै औपचारिक वैठक नबसेको बरु पार्टीका कार्यकताहरुसंग छलफल मात्रै गरेको बताए ।
उनले मधेशको मुद्दा आफनो पनि भएकोले मधेशको मुद्दामा आफनो पुर्ण समर्थन रहेको वताए । बैठक स्थलमा राजपाकि नेत्रीहरु,रेणु झा,विभा ठाकुर,मिना झा,राजापाका युवा नेता उमेश मण्डल लगायत दुइ दर्जन नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।