महोदय,
नामले मात्र नेताज्युहरु!
जब राति अनि बुढि ताति भन्ने उखानझै चुनावको बेलामात्रा जनताको घरदैलो पुगेका नेताहरु कति चेलिको सिन्दुर पुछिएका छन् भने कति सासु बुहारिको मनमुटाव भयो,कति बाबुछोरा , ससुरा ज्वाई,कति मामा भन्जाबिचमा काटाकाट र हत्या मात्रा नभएर श्रीमान श्रीमतीको सम्बन्ध समेत बिग्रीएका छन्!त्यरो पार्टि र मेरो पार्टि भन्दै चुनावको लागि भनेर सोझा,सिधा सर्वसाधारणहरुले अकालमा ज्यान गुमाई रहेका छन्! जुन भाषण थियो पटक पटक सुनिरहेका छौ।स्वदेशमै बसेर रोजगार पाईन्छ, गाँउ गाँउमा बत्ति, पनि, सडक पुर्याउछु,विकसित र सुन्दर देश बनाउछुरे।

हात्ति आयो!हात्ति आयो!फुस खै त आज पनि त्यस्तै छ मेरो देशको बाग्मति नदि त्यस्तै छ राजधानि गन्ध र फोहोरले भरिएकोछ बिकासको धनि होइन मेरो देश दुर्गन्धको धनि भएकोछ।स्कुल जान आफ्नो ज्यानलाई जोखिममा राखेर डोरिमा झुन्डिएर जानु परेका छन्,लाउन नपाएर खाना नपाएर भोकभोकै लडिरहेकाछन्, हिउँको शीतसँगै बिहानीको पर्खाईमा रात कटाईहरेकाछन्,एक गाग्री पानी भर्न एक दिन बिताएकाछन्,बिरामी हुदा सिटामोल सम्म किन्न सकेका छैनन्,भुकम्प गएको २ बर्ष बितिसक्दा पनि स्याउला र बाँसको कटेरिमा त्यहि पनि हुरिबतासले उडाईदिदा खुल्ला आकाशमा रात कसरि बितायो होला ?भाषण दिदा जति सजिलोले दिएका थिए त्यस्तै गरेर कामले पनि गरिदिएको भए नेपाली जनताहरुको मनमा खुशि छाउदैनथे होला त?
काम गर्ने कालु मकै खाने भालु! चुनावको लागि भनेर दिनरात भोक निन्द्रा नभनि कतिभयो घर छोडेको आफ्नो बालबच्चा परिवार सँग नबोलेको नभेटेको सारा भुलेर चुनाव! चुनाव भनेर लडिरहेकाछन् जनताहरु त्यहि नेताभानहरुको लागि,त्यति मात्रा काहाँ होर!मुठि खाएर मुरि उब्जाउने बेला भईसकियो, रोपाईका दिनहरु आईसकियो तर पनि बाझै छन् खेतका पाटाहरु बारिका पाटाहरु उमारेका छैनन् धानको बिउहरु गोडेका छैनन् बालिनालिहरु तर पनि रुमलिरहेका छन् जनताहरु चुनावकै लागि भनेर,कुर्सि र घुस पाउने बेलामा त्यहि नामको मात्र नेताहरु त हो। यहि पारा हो भने सोझा,सिधा, गरिब जनताहरु सबै भोलि भोक भोकै मर्नु ?
स्वदेशमै बसेर रोजगार पाउछ भन्ने ति भ्रष्टाचारीहरु बाट कयौ पटक सुने तर खै आज! दैनिक म जस्तै ६६ नेपाली महिला सयौ युवाहरु मनभरि पिडा आँखाभरि आँसु गरेर नचाहदा नचाहदै कोख को बच्चा छोडेर विदेशिएका छन् के यो रहर हो? ६ महिनामा २ लाख ७१ हजार ३ सय ४० जनाको हाराहारिमा विदेश पलायन हुन बाँध्य भएका छन्।यहि हो जनतालाई दिएको सुविधा ६० डिग्रीको बालुमा गरेको दु:ख २४ घण्टामा २० घण्टा खट्दाको पिडा खै कहिले बुझ्ने होला ति नेताहरुले भाषणलाई व्यवहारमा परिणत गरेर देखाउन सक्ने कहिले होला मेरो देशको नेताहरु??
स्मृति मोक्तान (असफल) जापान