बागलुङमा एमालेले मतपत्र च्यातेर पुन मतदान भएको थियो भन्ने समाचार कति सत्य हो ? घटना विवण यस्तो थियो
काठमाडौं – कांग्रेस नेता शेखर कोइरालाले संसदमा बागलुङ अमलचौरको मतगणनाको कुरा उठाएपछि कांग्रेस निकट पत्रकारहरुले आफ्ना छापामा बागलुङमा एमालेले मतपत्र च्यातेर पुन मतदान भएको उल्लेख गर्दै समाचार प्रकाशन गरेका छन् ।
तर, निर्वाचन कार्यालय बागलुङमा रहेको रेकर्ड अनुसार त्यसबेला अमलचौर ७ मा कांग्रेसको माग अनुसार पुनः मतदान भएको रेकर्ड फेला परेको छ । त्यहाँ मत गणना गर्दा एमालेले मतपत्र च्यातेको भने होइन । कांग्रेस निकट छापाहरुले पनि हेडलाइनमा मतपत्र च्यातेको भने पनि समाचारमा मतपत्र च्यातेको भनी उल्लेख गरेका छैनन् । त्यसबेलाका कांग्रेस उम्मेदवारको बयानमा आधारित रिपोर्टलाई अहिले भरतपुरमा मतपत्र च्यातेको प्रमाणिक रिपोर्टजस्तै गरी कांग्रेस सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।
घटना विवण यस्तो थियोः
२०५४ साल जेठ १३ गते भएको स्थानीय निकायको निर्वाचनमा वडा नम्बर ७ को मतगणना हुँदै थियो । एमालेका उम्मेदवार खेम पाठकको ६५० र कांग्रेसका कोपिलामणि शर्माको मत ६४८ मत आयो । रुख र सूर्यलाई छुट्याउने २ वटा मतपत्रले त्यसबेला विवाद खडा गर्यो । दुई मतपत्रमा कांग्रेसको चुनाव चिन्ह रुख र एमालेको चुनाव चिन्ह सूर्य छुट्याउने रेखालाई छोइएको पाएपछि त्यसलाई आफ्नो गणना गर्नु पर्ने नभए पुनः मतदान गर्नु पर्ने तर्क गरे । दुई मतले अगाडि रहेका एमाले उम्मेदवार खेमले आफू विजयी हुनु पर्ने जिकीर गरे । सोही विषयमा कुरा मिलेन । नियम अनुसार एमाले उम्मेदवार २ मतको अन्तरले विजयी भइसकेका थिए । तर, कांग्रेसले त्यसलाई नमान्ने भनेपछि निर्वाचन अधिकृतले वडा नम्बर ७ मा पुन मतदान गर्ने सूचना टाँसेर बाहिरिरएका थिए ।