प्रधानमन्त्रीका रुपमा चौथो पटक देशले शेर बहादुर देउवालाई पाएको छ ।यसपटक केही गर्नुहोला भन्ने आशा गर्दै अब आउनुहोस यसपछि कोको प्रधानमन्त्री बन्न सक्लान भन्ने वारे गम्भिर चर्चा गरौँ ।
यस पुस्ताका यिनै नेता र यहि राजनीतिक प्रवृतीको वरीपरी रिंगटा लाग्ने गरी देश घुमीरहनेछ । यिनै अनुहार राष्ट्रका प्रधानमन्त्रीका रुपमा अझै १५ बर्ष जती देख्न पाइने छ । समस्या यि अनुहारमा होइन यहि राजनीतिक प्रवृतीको हो ।
डिस्कस्टीङ पोलटिकल कल्चर । आज म तपाईहरुलाई शेरबहादुर देउवा पछि पालै पालो अबको १०÷१५ बर्ष प्रधानमन्त्री हुनसक्ने सम्भावित नामहरु वारे जानकारी गराउन चाहन्छु । माधव नेपाल एक पटक प्रधानमन्त्री नभै छोड्नु हुन्न, बामदेव गौतमको पनि प्रवल सम्भावना छ । रामचन्द्र पौडेल एक पटक प्रधानमन्त्री नभई के छोड्नुहोला र ? विजय गच्छेदार,कृष्ण सिटौला, सुवास नेम्वाङ, कृष्ण बहादुर महरा,रामशरण महतहरुपनि कुनै पनि दिन देशको प्रधानमन्त्री नबनी के छोड्लान । विमलेन्द्र निधी,संशांक कोइराला मात्र होइन कमल थापा समेत प्रधानमन्त्रीका दावेदार बन्न सक्ने अनुमान सजीलै लगाउन सकिन्छ ।
अझ पुन एक पटक केपी ओली, पुन एक पटक पुष्पकमल दाहाल र अझै अर्को एक पटक शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना पनि उत्तिकै प्रवल छ ।
अब तपाईलाई मेरो प्रश्न ? मैले लिएका यि १४ जना व्यतmीहरु एभ्रेजमा १÷१ बर्ष प्रधानमन्त्री बन्दा पनि १४ बर्ष जान्छ । यि १४ जना राजनीतिज्ञहरु जुन राजनीतिक अभ्यास गरिरहनुभएको छ र जुन राजनीतिक प्रवृती अंगाली रहनुभएको छ के त्यसलाई हेर्दा तपाईलाई लाग्छ कि हामी यिनै राजनीतिज्ञबाट सबृद्द देशको कल्पना गर्न सक्छौँ ? मैले उल्लेख गरेका कुन राजनीतिज्ञबाट तपाईले केही आशा गर्नु भएको छ ?