
जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले संविधान संसोधन लगायतका माग पुरा नभए कुनै पनि कानुन र आदेश नमान्ने चेतावानी दिनु भएको छ।
राष्ट्रिय जनता पार्टीले धनुषाको कपटौलमा आयोजना गरेको विरोध सभा तथा पार्टी प्रवेश कार्र्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले यस्तो चेतावनी दिनुभएको हो।
आक्रोशित रुपमा प्रस्तुत हुनु भएका नेता ठाकुरले भारततर्फ लक्षित गर्दै मान, सम्मान र अधिकारको रक्षा नभए विदेशीसँग सहकार्य गर्ने चेतावनी समेत दिनु भएको छ। ‘तराई मधेसका जनताको मान, सम्मान र अधिकारको रक्षा नभए विदेशी संग सहकार्य गर्नेछौँ’, संयोजक ठाकुरले भन्नुभयो।
उहाँले मधेसी, जनजाती र आदिवासी संग हुँदै आएको विभेद अन्त्यका लागि संविधान संसोधन र जनसंख्याको आधारमा इकाई गठन गरेर मात्र निर्वाचन गराउन सरकार संग आग्रह गर्नु भएको छ।