
दैलेख, १ असार– कालिकोटको जितेबाट कञ्चनपुरको महेन्द्रतगरतार्फ जाँदै गरेको बस दैलेखको आठबीस नगरपालिका–४ भेलतडास्थित नैनदेवल मन्दिर नजिक दुर्घटना हुँदा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।
ना४ख २९९८ नम्बरको बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका थिए । १० जनाको घटनास्थलमै र एकजना महिलोको उपचारका लागि स्थानीय राकम स्थास्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइतेभएकाको थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पुर्याइएको छ । सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उक्त बसमा ३२ यात्रु सवार थिए ।
बस सडकबाट ३ सय मिटर तल खसेपनि चालकको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
दुर्घटनामा मृत्यु हुनेको नामावली यस्तो छः
सिंहा नेपाली– विनायक नगरपालिका, अछाम
रुपा नेपाली– विनायक नगरपालिका, अछाम
धिरेन्द्र विसी– भैरवस्थान, अछाम
युवराज शाही– राजकोट नगरपालिका–६, कालिकोट
सुनिल शाही– शान्नित्रिवेणी गाउँपालिका, कालिकोट
धर्मराज शाही– रासकोट नगरपालिका–५, कालिकोट
प्रकाश शाही– रासकोट नगरपालिका–५, कालिकोट
कविता शाही– रासकोट नगरपालिका–५, कालिकोट
मेनका फर्साल– रासकोट नगरपालिका–६, कालिकोट
होइजाली सुनार– शान्नित्रिवेणी–६, कोलिकोट
मंगल कसेरा– बाजुरा