भारतीय मुलकी नेपाली भाषी चेली प्रबिना राई बहराइन को एक अरबीको घरमा फसेकी छिन! भारत को दार्जीलिङ स्थित सोनादा कि स्थायी बासिन्दा रहेकी प्रबिना राई ३ महिना अघि भिजिट भिसा मा बहराइन आएकी थिइन ! उनलाइ बहराइन कै भारतीय एजेन्ट याकुब भन्ने ब्यक्तिले बहराइन ल्याएर घरेलु कामदार को रुपमा उक्त अरबीको घरमा लगाइदिएको थियो! बहराइन दिनार ८०० नेपाली रुपैयाँ लगभग (रु २,२००००/-) दुइ लाख बीस हजार जति कमिशन खाएर बेचेको भन्ने खबर डिसिनेपाल लाई प्राप्त भएको छ ।
उक्त दलालले उनको उद्दार गर्छु , म अन्तै सार्छु भनेर बिगत एक महिना देखि झुल्याइरहेको पनि जानकारी मा आएको छ!“पीडित प्रबिना राई सग बडो मुश्किलले सम्पर्क हुने गर्छ, उसको फोन खोसेर साहुले राखेको छ रे , एकजना गार्डेनर को सहयोग मा उनले मलाई लुकेर फोन गरेर सम्पुर्ण घटना बारे जानकारी गराइन, जब मलाई फोन गर्दै थिइन उनी भक्कानिदै रुदै थिइन , उनलाई चौबीसै घण्टा घरको काम लगाउने खान नदिने अलिकति केही बोल्यो कि घर के मालिक्नी र छोरी मिलेर मरणासन्न हुने गरि कुटपिट गर्ने, सुतेको भेटेमा बाल्टी बाट पानी खन्याइ उठाउने जस्ता शारीरिक एवम मानसिक तनाव दिएको, पहिलो महिना तलब बापत बहराइन दिनार ७० मात्र दिएको र त्यसपछि कुनै तलब सुबिधा नदिएर उल्टो कठोर व्यवहार गरिएको उनले बताइन साथै रुदै उनले मलाई जतिसक्दो चाडो उद्दार गरिदिनुहुन आग्रह गरिन !”
पीडित सग प्रत्यक्ष कुराकानी गरेका राम थापा को भनाइ जस्ता को त्यस्तै , उहाँ ले आफुसग फोनमा भएको वार्तालाप को रेकर्ड समेत रहेको जानकारी दिनुभयो! उहाँकै पहल मा प्रबिना राई बचाउ अभियान बहराइन मा शुरु भैसकेको छ! साथै यहि बिषय मा नेपाली राजदुतावास सग पनि डिसिनेपाल सम्बादाता ले परामर्श लिने प्रयास गरेका थिए तर नेपाली भाषी भए पनि भारतीय पासपोर्ट भएका कारण नेपाली राजदुतावास बाट कुनै कदम चाल्न सक्ने स्थिती छैन तर सकेको सहयोग नेपाली दुतावास बाट पनि हुने दुतावास ले जानकारी दिएको छ।
त्यस्तै नेपाली राजदुतावास बहराइन ले थप छलफल गरि यो बिषय मा के गर्न सकिन्छ थप केही उपाय हरु भएमा हामीलाई जानकारी गराउने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ! यतिखेर सम्पुर्ण बहराइन बासी नेपाली हरु उनलाइ उद्दार गर्नको निम्ति लागिपरेका छन! यो अवस्था मा कुनै पनि जातभात वा राष्ट्रियता भन्दा पनि एक जिम्मेवार मानवीय नाताले पनि उहाँको सहयोग गर्न जरुरी छ!
हामीले उहाँको घरमा टेलिफोन सम्पर्क गरि थप जानकारी लिने प्रयास गरेका थियौं तर दार्जीलिङ को मौसम खराब का कारण त्यति राम्रोसँग कुराकानी हुन पाएन हामी उहाँको परिवार सग निरन्तर कुराकानी गर्ने प्रयासमा छौ! थप केही जानकारी प्राप्त भएमा पुनः अपडेट गर्नेनै छौ ! साथै उहाँ सग सम्पर्क मा रहनु भएका राम थापाले पनि थप जानकारी भए हामीलाई उपलब्ध गराउने बताउनुभयो !