जेठ २६ – कतारले अरब देशसँगको कूटनीतिक सम्बन्धलाई सामान्य बनाउनका लागि आफ्नो वैश्विक नीतिलाई समर्पण नगर्ने प्रण गरेका छन् ।
कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्लुरहमान अल थानीले रोयटर्ससँगको कुराकानीमा बढिरहेको संकटलाई समाप्त गर्नका लागि आफू राजनीतिक ढंगको पक्षधर भएको बताउँदै यसको सैन्य समाधान नभएको बताएका छन् ।

कतारले इस्लामी चरमपन्थको नेतृत्व गर्न पनि अस्विकार गरेको छ ।
उनले भनेका छन्, ‘हामीलाई यसकारण अलग्याइएको हो किनभने हामी सफल र प्रगतीशील छौं, आतंकवादको समर्थक नभई हामी शान्तिका समर्थक हौं र हामी समर्पणका लागि तयार भएपनि आफ्नो वैश्विक नीतिको स्वतन्त्रतालाई भने कदापी समर्पण गर्नेछैनौं ।’
कतार संकटमा अहिलेसम्म के भयो ?
१. साउदी अरबका विदेशमन्त्रीले ओमान गएर कुराकानी गर्ने कोसिस गरे तर ओमानका अधिकारीले अहिलेसम्म कुनै रुची देखाएका छैनन् । ओमानले अहिलेसम्म कतारविरुद्ध कदम उठाएको छैन ।
२. कतारले इरानको तर्फबाट खाना र पानी दिने प्रस्ताव राखेको बताएको छ तर कतारले अहिलेसम्म यो प्रस्ताव स्विकार गरेको छैन ।
३. रुसका अनुसार कतारका विदेशमन्त्री शेख मोहम्मद शनिबार मस्को पुग्नेछन् जहाँ उनी आफ्ना समकक्षी सर्गेई लावरोवसँग भेटघाट गर्नेछन् । टास न्यूज एजेन्सीका अनुसार उक्त भेटघाटमा तात्कालीक अन्तर्राष्ट्रिय मुद्दामा चर्चा हुनेछ ।
अल जजिरामाथि साइबर हमलाः
कतारको न्यूज नेटवर्क अल जजिरा आफू साइबर हमलासँग जुधिरहेको बताएको छ ।
नेटवर्कले आफ्नो ट्वीटमा लेखेको छ, ‘अल जजिरा मिडिया नेटवर्क सबै सिस्टम, वेबसाइट र सोसल मिडिया प्लेटफर्ममाथि साइबर हमला भएको छ ।’
अल जजिरा खाडी देशबिच खडा भएको विवादको केन्द्रमा छ र खाडी देशले यो नेटवर्कदाई पछिल्लो मे महिनामा ब्लक गरेको थियो ।
अल जजिराले आफ्नो वेबसाइटमा नेटवर्कको सबै कार्यक्रम जारी भइरहेको तर साइबर हमला तेज रुपमा भइरहेको र नयाँ नयाँ रुपमा सार्वजनिक भइरहेको बताएको छ ।
यसैबिच कतार सरकारको टेलिभिजन स्टेशनले च्यानलसँग जोडिएको वेबसाइटलाई तात्कालीक आधारमा ह्याकिङको कोशसिसका कारण बन्द गरिन लागेको पनि जानकारी दिएको छ ।
के कतारको प्रगतीशील वैश्विक नीति हो संकटको कारण ?
बीबीसी संवाददाता जेम्स रोबिन्स भन्छन्, ‘यो पूरा क्षेत्र राजा र धनाढ्यको हो जो सामान्य रुपमा स्थानीय स्तरमा यति धेरै पकड राख्छन् कि उनीहरुको सत्ताका लागि खतरा बन्ने कुनै पनि विरोधीको कुनै पनि स्वरलाई दबाउन सक्छन् ।
तर कतारका धनाढ्य ती नीतिमा चल्छन् जो सामान्यतयाः सुन्नी इस्लामको सुपरपावर साउदी अरबको संकीर्ण खोल्सामा फिट हुँदैनन् ।
साउदी अरबले कतारको कुराकानी गर्ने नीति सुन्नी एकताका लागि संकटको रुपमा हेर्ने गर्दछ किनभने कतारका धनाढ्य र उनका मन्त्री शिया मुश्लिम देश इरानसँग कुराकानी र राम्रो सम्बन्ध राख्ने पक्षधर हो ।
साउदी अरब यो नीतिको धुर विरोधी हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प साउदी राजा सलमानको पक्षमा भएको कुरा सार्वजनिक हुने बित्तिकै साउदी अरब कतारको विरुद्ध शत्रुतालाई कारवाहीको रुपमा बदल्न चाहन्छ ।
साउदी अरबले राख्यो कतारसामू यस्ता शर्तः
साउदी अरबले कतारको अगाडि जमिन र हवाई क्षेत्रमाथिको प्रतिबन्ध हटाउने शर्त राखेको छ ।
साउदी विदेश मन्त्री अदेल अल–जुबैरले यदि कतार समाधान चाहन्छ भने उसले कब्जा भएको क्षेत्रमा प्यालेस्टिनी इस्लामी संगठन हमास र इजिप्टमा मुश्लिम ब्रदरहुडसँग सम्बन्ध तोड्नुपर्ने बताएको छ ।
यसैबिच बहराइनले संयुक्त अरब इमिरेट्सको तर्फबाट कतारको समर्थनमा बयान दिनेहरुलाई जेलमा हाल्नुपर्ने धम्की दिएको छ ।
बहराइनका आन्तरिक मन्त्रालयले भन्यो, ‘सोसल मिडिया, ट्वीटर वा संवादका कुनै पनि अन्य तरिकासमार्फत कतार सरकारको समर्थन वा कतारको विषयमा बहराइन सरकारको नीतिको विरोध गर्दा पाँच वर्षको जेल सजायँ र जरिवाना लगाइन सकिने बताएको छ ।
यसैबिच टर्कीले कतारको समर्थनमा सैन्य मद्दत दिनेका विरुद्ध कानून पास गरेको छ ।
कतारमा अमेरिकाको सबैभन्दा ठूलो एयरबस पनि छ ।
अमेरिकी राष्ट्रपतिले साउदी अरबका राजा सलमानलाई फोन गरेर उनलाई खाडी देशमा एकता ल्याउनका लागि आग्रह गरे । यद्यपी, राष्ट्रपति ट्रम्पले आफूले कतारलाई अलग्याउनका लागि दबाब दिएको कुरा स्विकार गरिसकेका छन् ।