काठमाडौं २८ जेठ– सरकारकाले संशोधनका लागि संसद्मा पेश गरेको राजनीतिक दल सम्बन्धी एनको साना दलले विरोध गरेका छन् ।

मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीले चुनावमा भाग नलिने भनिरहेको समयमा सरकारले हचुवाको भरमा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने विधेयक संसदमा पेश गरेको भन्दै संसद्का दुई साना दलले विरोध जनाएका छन् ।
विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा नेमकिपा र राष्ट्रि जनमोर्चाले संशोधन विधेयकको विरोध गरेका हुन् । ‘जस्तो सुकै संशोधन भएपनि चुनावमा भाग लिदैनौ भनिरहेको अवस्था छ । टोपी मागेको होइन टाउको मागेको भनेका छन्’ नेमकिपा सांसद् प्रेम सुवालले भने, ‘कस्को टाउको दिन लागेको ?’ राजनीतिक दल सम्बन्धी विधेयक पारित गरेर सरकारले संविधान संशोधन विधेयकको तयारी गरेको बताए ।
राजमोकी मीना पुनले पनि एउटै चुनावका लागि दुइथरी कानूनको व्यबस्था गर्नु गलत भएको बताइन् । ‘कसैले आन्दोलनको घोषणा गर्दै जाने कसैले ऐन संशोधन गर्दै जाने र नियम कमजोर बनाउने गलत छ’ उनले भनिन् ।