इस्लामाबाद–पाकिस्तानले साउदी अरबलाई आफुले यो कुटनीतिक संकटमा कसैको पक्ष नलिने बताएको छ । रियादले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई ‘तपाई हाम्रो पक्षमा हुनुहन्छ वा कतारको’ भनेर प्रश्न गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
साउदी अरबले पाकिस्तानलाई प्रष्ट रुपमा एउटा देशको पक्ष लिन भनेका छन् ।पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र साउदीका राजा सलमान बिन अब्दुलाजिजबीच भएको भेटमा यस्तो वार्तालाप भएको मिडिया रिपोर्टमा उल्लेख छ ।पाकिस्तानले चनाखो बाटो पछ्याउँदै साउदी अरब र अरु गल्फ देशहरुसँग कुटनीतिक पहल गरेको थियो ।

तेलको धनी देश कतारले आतंककारीहरुलाई मदत गरेको अरोप लगाउँदै छिमेकी देशहरुले कुटनीतिक सम्बन्ध तोडेका थिए ।रियादले पनि इस्लामाबाद राजाको पक्षमा रहन सुझाव दिएको र कतारलाई एक्लाउन मदतको अपेक्षा गरेको बताइएकोछ ।पाकिस्तानले मुस्लिम समुदायको एकताका लागि जस्तोसुकै काम गर्न तयार रहेको तर यो कुटनीतिक संकटमा कसैको पक्षमा नरहेको पाकिस्तानका एक उच्च अधिकारीले बताएका छन् ।
साउदी अरेबीयालाई मदत गरेको भान पार्न पनि पाकिस्तानले कतारका विषयमा केही बोल्ने पर्ने बाध्यता रहेको बताइएको छ । कुवेत सरकारसँग मिलेर पाकिस्तानले अरब देशहरुको कुटनीतिक संकट समाधानका लागि पहल गर्न सक्ने एक थरी विश्लेषकहरुको भनाइ रहेको छ ।उता कतारका नागरिकहरुलाई देश छाड्न भनेका छिमेकी राष्ट्रहरुले रुखो प्रवृति जारी राखेका छन् ।
तर, कतारले गल्फ राष्ट्रका नागरिकहरु संकट रहेता पनि देशमा रहन सक्ने बताएको छ । कतारलाई इरान, टर्की, कुवेत तथा पाकिस्तानले मदत गर्दै आइरहेका छन्
source nepalipatra