– ज्यातिषी दुर्गाप्रसाद भण्डारी
भर्खरै प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल कस्तो होला रु भन्नेमा अहिलेबाट नै विभिन्न चर्चा परिचर्चा सुरु भइरहेको छ । खासगरि, झण्डै दुई तिहाई बहुमत पाएर प्रधानमन्त्री बनेका देउवाको ज्यातिषीय रुपमा कार्यकाल कस्तो होला ? ज्यातिष बिज्ञानका हिसाबमा उनलाई कार्यकालको समिक्षा गरिएको छ । बिक्रम सम्बत २००० साल भाद्र २६ गते शनिबार बिहानको समयमा डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा जन्मेका देउवाको जन्म कुण्डली बिश्लेषण गर्दा अहिलेको समयमा उनी सफल हुने देखिएको छ ।
जन्म कुण्डली बिश्लेषण गर्दा श्रवण नक्षत्र, द्धादशि तिथि तथा शनिबार जन्मेका देउवाको सिंह लग्न परेको छ । सिंह लग्नको मानिसमा लिडरशिप क्षमता प्रशस्त हुन्छ भने कुशल प्रशासक तथा हठी स्वभावको हुन्छ । ज्योतिष बिज्ञानलाई आधार मानेर कुण्डली बिश्लेशण गर्दा लग्नमा सूर्य तथा शुक्रको युक्ति छ । लग्नेस सूर्य र कर्मेश शुक्रको लग्नमा यूक्ति हुँनुलाई गतिलो राजयोग मानिन्छ । त्यसमा दशौँ भावमा बसेर शुखेस र भाग्येस् मंगलले दृष्टि सम्बन्ध स्थापित गरेकोछ । जसलाई लघुपाराशरी सिद्धान्त अनुशार कर्मेश तथा भाग्यस्को सम्बन्धलाई उत्कृष्ट राजयोग मानिन्छ । दशौँभावमा मंगल बसेर कुलदिपक राजयोगको निर्माण गरेको छ जसले पटकपटक निर्बाचित गराई राज्यबाट पद प्रतिष्ठा प्राप्त गराउँदछ । कुण्डलीमा बाह्रो भावको मालिक छैटौँ भावमा बसेर बिमल नामको बिपरित राजयोग बनाएको छ भने अष्टम भावको बृहस्पति बाह्रौ भावमा बसेर सरल नामको बिपरित राजयोगको निर्माण गरेको छ । अर्कोतर्फ, चन्द्रमा छैटौँमा र बृहस्पति बाह्रो भावमा बसेर गजकेशरी योगको निर्माण गरेकोछ ।
पटकपटक प्रधानमन्त्रीको बागडोर समालिसकेका देउवाको कुण्डली र बिगतका दशा, अन्तरदशा तथा प्रत्यान्तर दशा बिश्लेषण गर्दा उनको कार्यकाल उतारचढावमा नै बितेको देखिन्छ । २०५२ साल भाद्र २७ गते पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाको जन्म कुण्डलीमा शनिको महादशा, शनिकै अन्तरदशा र बृहस्पतिको प्रत्यान्तर दशा चलेको थियो । जहाँ सप्तमेष शनि एकादस भावमा बसेर कर्मेश शुक्र र लग्नेश सूर्यलाई दृष्टि दिई राजयोगको निर्माण गरेको छ । २०५३ फाल्गुन २९ गते प्रधानमन्त्रीको पद छाड्दा शनिको महादशा, बुधको अन्तरदशा र चन्द्रमाको प्रत्यान्तर दशा चलेको थियो, जहाँ चन्द्रमा शत्रु घरमा केतुसँग बसेको हुनाले देउवाले पद छोड्नुपर्यो ।
२०५८ साल साउन ११ गते दोस्रोपल्ट प्रधानमन्त्री हुँदा शनिको महादशा, शुक्रको अन्तर दशा र बृहस्पतिको प्रत्यान्तर दशा चलेको थियो । जहाँ सप्तमेष शनि एकादश भावमा बसेर कर्मेश शुक्र र लग्नेश सूर्यलाई दृष्टि दिई राजयोगको निर्माण गरेको छ । २०५९ साल असोज १८ गते राजा ज्ञानेन्द्रले असक्षम भनि प्रधानमन्त्रीको पद खोस्दा शनिको महादशा, शुक्रको अन्तर दशा र केतुको प्रत्यान्तर दशा चलेको थियो जहाँ केतु छैटौँ (शत्रु) भावमा बसेको हुनाले देउवाले पद छोड्नु पर्यो ।
२०६१ जेष्ठ २१ गते तेस्रोपल्ट प्रधानमन्त्रीको सपथ लिँदै गर्दा शनिको महादशा, चन्द्रमाको अन्तर दशा र बृहस्पतिका प्रत्यान्तर दशा चल्दा देउवा पुनः छोटो समयका लागि प्रधानमन्त्री भए । जहाँ चन्द्रमा बाहौँ भावमा बसेर बिमल नामको राजयोग तथा अष्टमेश बृहस्पती बाह्रौँमा बसेर सरल नामको बिपरित राजयोग बनाएको छ भने चन्द्रमा र बृहस्पतिको परस्पर दृष्टिले गजकेशरी योगको निर्माण गरेको छ । २०६१ साल माघ १९ गते प्रधानमन्त्रीको पद खोसिँदै गर्दा शनिको महादशा, चन्द्रमाको दशा र केतुको प्रत्यान्तर दशा चलेको थियो ।
पुनः २०७४ जेष्ठ २४ गते प्रधानमन्त्रीको पदमा सपथ लिँदै गर्दा उनको कुण्डली तथा दशा बिश्लेषण गर्दा बुधको महादशा, शुक्रको अन्तरदशा र बृहस्पतिको प्रत्यान्तर दशा चलिरहेको छ । धनेस तथा लाभेस बुध धनस्थानमा उच्च तथा स्वगृह हुनु, कर्मेस शुक्र लग्नमा लग्नेश सूर्यसँग सम्बन्ध गास्नु, सुखेस र भाग्येस मंगलले राज्यभावमा बसेर शुक्र तथा सूर्यलाई दृष्टि दिनु र पञ्चमेस बृहस्पति बाहौँ भावमा उच्च भएको हुनाले उनलाई छोटो समयको लागि पुनः प्रधानमन्त्रीको पद प्राप्त हुन आएको हो । यसरी बिगतका दशा बिश्लेषण गर्दा कारक ग्रहको दशा तथा अन्तर दशामा जब बृहस्पतिको प्रत्यान्तर दशा आउँछ, देउवालाई पद प्राप्त हुन्छ ।
२०७४ माघभित्र ३ वटा निकायको चुनाव सम्पन्न गर्नुपर्ने, बिपक्ष तथा अन्य राजनीतिक दलहरुलाई मिलाउँदै लैजानुपर्ने, संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने जस्ता जटिल कार्यभार देउवाको थाप्लोमा भएपनि उनको तत्कालको दशा तथा अन्तरदशा बिश्लेषण गर्दा महादशा बुध,अन्तरदशा शुक्र र २०७४ माघ महिनाभित्र शनि र बुधको प्रत्यान्तर दशा चल्नेछ । महदशा बुध धनेश तथा लाभेश भएर धन भावमा उच्च तथा स्वगृह भएर बसेको, शुक्र कर्मेश भएर लग्नेस सूर्यसँग लग्नमा बसेको र प्रत्यान्तर दशापनि अनुकुल भएकोले भावी दिनहरु सहज देखिन्छ । गतिरोध अन्त्यको लागि सत्तामा भएका सबै राजनीतिक दलहरुले प्रयास गर्ने तथा सत्ता साझेदारहरुबाट भनेजस्तो सहयोग पाइने हुनाले उनको कार्यकाल सफल रुपमा बित्नेछ ।
कुटनीतिको क्षेत्रमा राहुले प्रमुख भूमिका निर्बाह गर्ने र बाह्रो भावमा कर्कको उच्च बृहस्पति राहुँसँग बसेकोले र बृहस्पतिले बिपरित राजयोगको निर्माण गरेकोले बिदेशीहरुसँगको सम्बन्ध सुदृढ हुने तथा छिमेकी राष्ट्रहरुको पूर्ण सहयोग हुनेछ । छैटौँ भावमा चन्द्रमासँग केतु बसेको र षष्टेश शनि एकादश भावमा बसेर लग्नेश सूर्यलाई दृष्टि दिएको हुनाले उनलाई आफ्नै पार्टीभित्रका सहयोगीहरुले भने शाख गिराउन लागि पर्नेछन् ।
बिगतका दशा तथा अन्तरदशा र अहिलेको दशा तथा अन्तरदशाको बिश्लेषण गर्दा उनको कार्यकाल धेरै लामो हुने देखिन्न । २०७४ साल माघ महिनाको अन्ततिर बुधको महादशा भित्र शुक्रको अन्तरमा केतुको प्रत्यान्तर आउने हुनाले बिगतमा जस्तै केतुको प्रत्यान्तरमा प्रधानमन्त्रीको पद छोड्नु पर्ने हुन्छ ।दैनिक नेपालबाट