कपिलबस्तुको २२ वर्षिय उपमेयर उम्मेद्वार शिव कुमारी थारुले रञ्जु दर्शनालाई खुलेरै दिईन् चुनौति

कपिलवस्तु २० जेठ । कपिलवस्तु शिवराज नगरपालिकामा उपमेयरको उम्मेदवारको रुपमा शिव कुमारी थारु उठेकी छन् । उनले नेकपा एमालेको तर्फ बाट उम्मेद्वारको टिकट पाएकी हुन् ।
उनले उपमेयरको टिकट पाए लगत्तै अहिले स्थानिय तहमा निकै चर्चामा आएकि छिन् । उनले आफनो २२ वर्षको विद्यार्थी जिवनलाई एउटा सफल नेतृ बन्ने उद्देश्यले राजनितिक मोड दिएको बताउँछिन् ।
दोश्रो चरणको स्थानीय निर्वाचनमा आफु उपमेयरको उम्मेद्वार भएर राजनीति मैदानमा लड्नलाई उत्रीएकी शिव कुमारीका् श्रीमान भने वैदेशिक रोजगारीकालागि विदेशमा छन् । ३ वर्षको छोरीको आमा शिव कुमारीले स्नातक तहको अध्यन पुरा गर्दै छिन् ।
मध्यम वर्गीय परिवारमा बस्दै आएकी शिव कुमारी नीजी स्रोत बाट शिक्षा पेशामा पनि आवद्ध थिईन् । थारु समुदायमा हुर्केकी उनले आफनो नेतृत्व विकास विद्यार्थिकालमा नै गरेको बताउँछिन् ।
विषेश गरि पछि परिरहेको थारु समुदाय, मधेशि समुदाय र समग्र कपिलवस्तुबासिको विकासका लागि आफनो भुमिका र आवश्यकता परिपुर्तिका लागि आफुलाई नगरबासीले योग्यको मानेर हौसाला दिएको हुनाले एमालेको तर्फ बाट उपमेयरमा उम्मेद्वार दिएको उनि बताउँछिन शिव कुमारी।
शिव कुमारी थारु समुदायबाट उपमेयर जस्तो गरिमामय पदमा प्रतिनीधित्व गर्ने पहिलो थारु महिला भएपनि उनले कपिवस्तुको सम्स्यालाई नजिकबाट बुझेको हुनाले कपिलबस्तुको विकास उनले नै गर्न सक्ने बताउँछन् स्थानीयहरु । उनीहरु भन्छन्, शिव कुमारीको भाषण र काम गर्ने क्षमता देख्दा र सुन्दा जो कोही पनि प्रभावित भैहाल्छन् ।
शिवराज नगरपालिका १ शिवपुर घर भई गाउँकै स्कुल श्री सरस्वति निमाविमा शिक्षक पेशा अङगालेकी शिवकुमारीले घर परिवारकै ठुलो सहमतिमा पेशालाई एका एक राजिनामा दिई राजनितिमा प्रवेश गरेकी हुन् ।
शिव कुमारी भन्छिन, म काम गरेर देखाउने कुरामा विश्वास राख्छु । म मिडियाको पपुल्यारीटि बटुलेर चर्चामा मात्र आउने उम्मेद्वार हैन । उनले घुमाउरो पारामा रन्जु दर्शनालाई कटाक्ष हानिन् ।
जनमानसमा पहिले बाटै लोकप्रिता पाएकी शिवकुमारी आफु र आफनो संयुक्त प्यानललाई शिवराज नगरबासीले अत्यधिक मत दिएर जिताउने कुरामा विश्वस्त भएको पनि बताईन् ।