In a letter to the government of Deuba RPP Saturday the four governments, but does not give mention the leaders of Deputy Prime Minister said. The party chairman Kamal Thapa and Deuba letter pathaelagattai leaders had called for a discussion of Rana. However, Thapa to death.
During the meeting, the four governments Rana Deuba RPP proposal used the old NC leader said. The previous government RPP local development, supply, land reform and Tourism Ministry was received. The first phase of Deuba urged the minister to make Rana whose name day, said sources. It is reported in today's New magazines are taken.
Meanwhile, the party's parliamentary party meeting, the Committee recommended to the Party General Secretary Jayant Chand tinasadasyiya coordination is made. According to the committee, he was chief whip Kunti Shahi and Dilnath have fallen members. According to sources, the only president elected Minister Thapa directives are pressuring leaders to send. RPP Vikram Pandey, Deepak hassle and only directly elected MP Sunil Thapa.
देउवाले सरकारमा सहभागी हुन राप्रपालाई शनिबार पठाएको पत्रमा चार मन्त्रालय दिने, तर उपप्रधानमन्त्री दिन नसक्ने उल्लेख रहेको नेताहरूले बताएका छन्। पत्र पठाएलगत्तै देउवाले राप्रपा अध्यक्ष कमल थापा र नेता पशुपतिशमशेर राणालाई छलफलका लागि बोलाएका थिए। तर, थापाले भेटेनन्।
राणासँगको भेटमा देउवाले राप्रपाले चलाएका पुरानै चार मन्त्रालय दिने प्रस्ताव राखेको कांग्रेसका एक नेताले जानकारी दिए। अघिल्लो सरकारमा राप्रपाले स्थानीय विकास, आपूर्ति, भूमिसुधार र पर्यटन मन्त्रालय पाएको थियो। देउवाले पहिलो चरणमा मन्त्री बनाउन एकजनाको नाम दिन पनि राणालाई आग्रह गरेको स्रोतले बतायो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
यसैबीच राप्रपा संसदीय दलको बैठकले मन्त्री सिफारिस गर्न पार्टी महामन्त्री जयन्त चन्दको संयोजकत्वमा तीनसदस्यीय समिति बनाएको छ। प्रमुख सचेतक कुन्ती शाहीका अनुसार समितिमा उनी र दिलनाथ गिरी सदस्य छन्। स्रोतका अनुसार अध्यक्ष थापालाई प्रत्यक्षतर्फ निर्वाचितलाई मात्र मन्त्रीमा पठाउन नेताहरूले दबाब दिएका छन्। राप्रपामा विक्रम पाण्डे, दीपक बोहोरा र सुनील थापा मात्रै प्रत्यक्षबाट निर्वाचित सांसद हुन्।